कसरी भयो पृथ्वीमा जीवको उत्पत्ति ?

एजेन्सी– क्यानडाको सुबे न्युफाउन्डल्यान्डको दक्षिणी–पूर्वमा उबडखाबड चट्टानी क्षेत्र छ। यसलाई ‘मिसटेकन प्वाइन्ट’ भनिन्छ। यो नाम रहनुको पनि खास कारण छ। धेरै जहाज यो ठाउँको विषयमा भ्रममा पर्छन् र यहाँका चट्टानमा ठोकिएर दुर्घटना हुन्छन्।

न्युफाउन्डल्याण्डको यो क्षेत्र अब एक नयाँ बहसको केन्द्र पनि भएको छ। आखिर पृथ्वीमा जीवको उत्पत्ति कहिले र कसरी भएको थियो

यो क्षेत्रको समुद्री किनारामा घुम्ने हो भने यसको सतहमा हजारौ जीवाश्म देख्न सकिन्छ। चट्टानमा जमेका यी जीवाश्म ५७ करोड वर्ष पूराना अर्थात् पृथ्वीको एडिकरन युगका मानिन्छन्। यी जीवाश्म त्यतिबेला भएको ज्वालामुखी विस्फोटमा जलेर भष्म भएका थिए। चट्टानमा तिनै जीवाश्म देख्न सकिन्छ ।

बम
वैज्ञानिक फ्रयांकी डुनका अनुसार यी चट्टानमा हिँड्दा मानिसलाई इटालीको पोम्पेई सहरमा भएको अनुभूति हुन्छ। पोम्पेई सहर पनि ज्वालामुखी बिस्फोटका कारण ध्वस्त भएको थियो। ज्वालामुखीको लाभाले यति छिटो सहरलाई ध्वस्त बनायो कि मानिसहरुले भाग्ने मौका नै पाएनन्। मानिसहरु जहाँ थिए, त्यही नै जलेर खरानी भए। अहिले पनि यो सहरका मानिसको जीवाश्म उस्तै अवस्थामा भेटिने गरेको छ।

न्यू फाउन्डल्याण्ड किनारामा भेटिएका एडिकरन युगको जीवाश्म पृथ्वीको इतिहासका लागि महत्वपूर्ण अध्ययन दस्तावेज हुन्। यी जीवभन्दा पहिले करिब चार अर्ब वर्षसम्म समुन्द्रमा केवल एउटामात्र कोशिका भएका जीवहरुको अस्तित्व थियो। एडिकरन युगमा अचानक बहुकोषीय जीवको उत्पति भएको देखिन्छ। एककोषीय त्यही जीवको विकसित रुप नै बहुकोषीय हो। ती जीवाश्मका आकार विचित्रका थिए। कुनै साना पातजस्ता, कुनै झाडी र बुट्यानजस्ता। कुनैचाहिँ बन्दागोभी झैं देखिन्थे। कतिपय जीव आकारविहीन देखिन्छन्।

अमेरिकाको बान्डरविल्ट विश्वविद्यालयका जीवाश्म वैज्ञानिक साइमन डेरोचका अनुसार एडिकरन युगका अधिकांश जीव च्यापच्यापे खालका थिए। यस्ता जीवहरुमा तत्कालीन समयमा हड्डीको विकास नै भएको थिएन। यिनै जीवाश्मका आधारमा पृथ्वीमा जीवनको अस्तित्वको रहस्य सुल्झन्छ। कतिले यही नै मानव जीवनको सुरुवात मान्छन् भने कतिले यो तथ्यलाई अस्वीकार पनि गर्दै आएका छन्।

अमेरिकी वैज्ञानिक साइमन डेरोच भन्छन्– एडिकरन युगका जीव आज कल्पना गरेको भन्दा निकै फरक थिए। वैज्ञानिकहरुको के विश्वास छ भने यस्ता जीव आजभन्दा करिब ६० करोड वर्षअघि पृथ्वीमा थिए र क्याम्ब्रियन युगभन्दा पहिल्यै लोप भए। क्याम्ब्रियन युगका बेला यस्ता जीवको उत्पति भयो, जसको शरीरमा अलग–अलग अंग विकसित भए। अर्थात उक्त समयमा धेरै अलग बनावट भएका जीव विकास हुन थाले।

तर, एडिकरन युगका यी अचम्मका जीव कसरी लोप भएरु एक समय यस्तो थियो यी जीवहरु रुसदेखि अस्ट्रेलिया हुँदै नामीबिया र चीनसम्म पाइन्थे। यी जीवहरु तिनीहरुको उत्पत्तिको करिब ३० करोड वर्षपछि लोप भए।

एडिकरन युग र क्याम्ब्रियन युगका जीवको उत्पत्तिको बीचमा पृथ्वीमा के भयो रु त्यो अफ्रिकी देश नामिबियावाट पत्ता लगाउन सकिन्छ। दक्षिण नामिबियाको त्यो स्थानको जीवाश्मालाई वैज्ञानिकले ‘नामा समूह’ नाम दिएका छन्। आजभन्दा करिब ५६ करोड वर्षअघि पृथ्वीमा हिमयुग समाप्त हुँदै थियो। समुद्रहरु बिस्तार हुँदै थिए। तत्कालीन समयमा नामिबियाको यो क्षेत्रमा पनि समुद्र थियो। त्यतिबेलाका जीवहरुको जीवाश्म आजकाल नामीबियामा भेटिन्छ। वैज्ञानिकका अनुसार यो स्थानले पृथ्वीको एडिकरन युगबाट क्याम्ब्रियन युगमा प्रवेश गरेको प्रमाण दिन्छ। त्यो पृथ्वीको सबैभन्दा धेरै उतारचढाववाला समय भएको उनीहरुको तर्क छ।

वैज्ञानिक साइमन डरोचले नामीबियामा २०१३ मा केही यस्ता जीवाश्म भेट्टाएका थिए, जुन समुन्द्रको तैरिएको छालमा आफ्ना लागि खाना फेला पार्थे। एडिकरन युगका जीव धेरै साधारण थिए र तिनीहरु एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्दैनथे। उनीहरु आरामले आफ्नो आहारा पाउथे र खाने गर्थे। तर नामीबियामा फेला परेका जीवाश्महरु टाढासम्म शिकारका लागि जाने गरेको अध्ययनबाट देखिन्छ। उनीहरुले ५४ करोड वर्षसम्म यसरी नै शिकार गर्ने गरेका थिए । साइमन डरोचका अनुसार यी नयाँ चिजहरुको उत्पत्तिपछि एडिकरन युगका जीवका लागि संकट पैदा भयो । उनीहरुले चाल्र्स डार्बिनको सिद्धान्तअनुसार बाँच्नका लागि संघर्ष गर्न सकेनन् अस्तित्व गुमाए।

त्यस्तै केही वैज्ञानिकको भनाइ एडिकरन युगको समाप्त हुनु योमात्र कारण थिएन। जब एक भयंकर परिर्वतन आयो, समुद्रको पानीमा अक्सिजनको मात्रा कम भयो र एडिकरन युगका जीव लोप भए। अमेरिकी भर्जिनिया टेक विश्वविद्यालयका जीवाश्म वैज्ञानिक चिआओ शुहाईका अनुसार समुन्द्रमा अक्सिनको मात्रामा कमी आउनु नै यी जीव लोप हुनुका कारण हुन्। ‘एडिकरन युगका जीव लोप हुनुको कारण समुद्रमा भएको अक्सिजन कमी नै भएको हामीसँग पर्याप्त प्रमाण छन्’ बैज्ञानिक चिआओले भने। यसका साथै यो युगका जीव धेरै टाढासम्म चल्न नसक्ने भएकाले पनि एकैपटक नष्ट भए।

एडिकरन युगका जीवको विनाशपछि कैम्ब्रियन युगका जीवको उत्पत्ति पुथ्वीमा भएको देखिन्छ। अहिले जति जीवहरु पृथ्वीमा छन् यी सबैको पुर्खाको सम्वन्ध कुनै न कुनै रुपमा क्याम्ब्रियन युगका जीवहरुसँग मिल्न गएको जीव वैज्ञानिकहरुको दावी छ ।
बीबीसीबाट




सम्बन्धित समाचार


error: Content is protected !!