स्थानीय तहको अर्गानिक उत्पादनमा लागि गतिशिल योजना


हेमन्त केसी

जाजरकोट , अर्गानिक प्रदेश बनाउने कर्णाली प्रदेशको नारालाई सफल बनाउका लागि जाजरकोटका स्थानीय तहले कृषकमुखी कार्यक्रमलाई प्राथमकिता दिएका छन् । रासानिक मल प्रतिवन्ध देखि पकेट क्षेत्र घोषणा गरी कृषकको अर्थउर्पाजनमा जोड दिईएको छ ।

जिल्लाको भेरी नगरपालिकाले तरकारी र विउँ विजनका लागि पकेट क्षेत्र घोषणा गरी काम थालनी गरेको छ । तरकारीबालीको विउविजन , अन्नबालीको विउको लागि भेरी नगरपालिकाले बिभिन्न पकेट क्षेत्र घोषणा गरी तिव्र कृषकमुखी कार्यक्रम सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो ।

गहुँ, धानको विउँका लागि कालेगाउँ , होलु , मकैको विउका लागि कालाभुर, पोख्रा लाई पकेट क्षेत्र घोषणा गरिएको छ । त्यस्तै तरकारीका लागि विउँका लागि मटेला भेरे , ईवरलाई पकेट क्षेत्र मानिएको छ । आँपका लागि कुदुलाई पकेट क्षेत्र घोषणा गरिएको छ ।

भेरी नगरपालिकाले कृषकको जीवनस्तर सुधार गरी आर्थिक रुपमा सवल बनाउने अभियानलाई तिव्रता दिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो । उहाँले पर्यटक क्षेत्रलाई पनि उतिकै प्राथमिकता दिएको जानकारी दिनुभयो । माल भएर पनि चाल नपाउने पाटीपाटीको अन्त्य गदै जिल्लालाई अन्तराष्टिय समुदायसँग चिनाउका लागि गतिशील योजनाका साथ लागेको बताउनुभयो ।

त्यस्तै कुशे गाउँपालिकाले रासायनिक मल तथा बिषादी आयातमा प्रतिबन्ध लगाएको छ । अर्गानिक गाउँपालिकाको रूपमा गत वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कुशेले पुस अन्तिम साताको गाउँसभाबाट रासायनिक मल तथा विषादी आयातमा प्रतिबन्ध लगाएको हो ।

गाउँपालिकाको निर्णयअनुसार रासायनिक मल र बिषादी भित्र्याउन नदिन सबै सीमा क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले प्रवेश क्षेत्रमा चेकजाँच सुरु भइसकेको जानकारी दिनुभयो  । कर्णाली प्रदेश सरकारले गत वर्ष गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गरेको थियो । निर्णय कार्यान्वयनको क्रममा गाउँपालिकाले –९ नम्बर वडास्थित कृषि केन्द्रमा मौज्दात रहेको विषादी नष्ट गरिएको छ ।

गाउँपालिकाका अनुसार यस वर्ष किसानलाई जैविक बिषादी निर्माणसम्बन्धी तालिम दिन थालिएको जनाएको छ । केही वडाका किसानलाई जैविक बिषादी वितरण गर्ने कार्यक्रमसमेत छ । ‘आगामी वर्षदेखि कुशे पूर्ण अर्गानिक गाउँपालिका बन्नेछ,’ उहाँले भन्नुभयो , “कृषि उपजमार्फत मानव स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुर्याउन विषादी प्रतिबन्धको निर्णय गरिएको हो ।”

चिकित्सकका अनुसार कृषि उपजमा बिषादी र रासायनिक मल प्रयोग गर्दा मानव स्वास्थ्यमा अल्सर, मुटु, नसासम्बन्धी रोग र क्यान्सरको जोखिम बढी हुन्छ । बालरोग विशेषज्ञ डा. मानबहादुर केसीका अनुसार विषादीको सेवनबाट अपांग बच्चा जन्मिने, अन्धो हुनेलगायत स्वास्थ्य समस्या देखा पर्छन । प्रांगारिक उत्पादन पोषिलो तथा गुणस्तरयुक्त हुने उहाँको भनाइ छ । कृषि प्राविधिकका अनुसार जैविक मल प्रयोगबाट खाद्यान्न उत्पादनमा वृद्धि हुने, माटोको उर्वराशक्ति बढ्ने, जमिनमा शुद्ध पानी पाइनेलगायत फाइदा पुग्छ । कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले अर्गानिक उत्पादनले जैविक बिबिधता संरक्षणमा टेवा पुग्ने जानकारी दिनुभयो  ।

गोठेमल ब्यवस्थापन, ड्रम वितरण, मलमुत्र संकलन, भकारो सुधारलगायत अर्गानिक अन्नबाली तथा तरकारी बीऊ उत्पादनका कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो  । कृषि विकास कार्यालयले गत आर्थिक वर्ष कुशेमा अर्गानिक मोडेल निर्माण कार्यक्रमका लागि रु ९५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

अर्गानिक प्रणालीले वातावरण तथा पर्यावरणमा सुधार ल्याई नागरिकलाई स्वस्थ जीवन जिउन मद्दत पुग्ने कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार कार्यालयले कुशेमा अर्गानिक भटमास खेतीमा जोड दिएको छ । प्रदेश सरकारले कुशेमा अर्गानिक कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक बर्ष रु ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

अर्गानिक कृषि उत्पादन नीतिलाई कार्यान्वयनमा ल्याउन गत वर्षदेखि जुनीचाँदे गाउँपालिमा पनि कोदो, फापरलगायत रैथाने बाली उत्पादनमा जोड दिएर कार्यन्वयनमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो ।
जिल्लाको नलगाड नगरपालिकाले एक वर्ष देखि लसुनखेतीलाई विशेष जोड दिदै आएको छ ।

अहिलेका यहाँका स्थानीयवासीहरु बाहिर जिल्लालाई लसुनको विउ निर्यात गरिरहेको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।   कृषि क्षेत्रमा नलगाड नगरपालिकाले डेढ करोड रकम विनियोजन गरिएको छ । नगरपालिका भित्रका ३ नम्वर सुन्तला खेती , अलौची खेती , वडा नं ५ मा मकै , ६ नम्वरमा आलु खेती , वडा ७ र ८ मा धान खेतीको लागि पकेट क्षेत्र रुपमा आधार मानि काम भईरहेको अधिकृत सिंहले जानकारी दिनुभयो ।

 उहाँका अनुसार यो आर्थिक वर्ष देखि टिमुरको पनि पकेट क्षेत्र घोषणा गरी काम व्यावसायिक खेतीको लागि काम सुरु गरिएको छ । त्यस्तै महका लागि पकेट क्षेत्र बनाएर यसै वर्ष देखि काम सुरु गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।





error: Content is protected !!