कता गयो टावर निर्माण हुने सम्झौता ? टावर निर्माणका साम्रगी अलपत्र,देखिएन स्थानीय सरकारको चासो

कालीबहादुर नेपाली जाजरकोट ।
जिल्लाका सात वटा स्थानीय तहका जनप्रतिनिधी,टावर निर्माण कम्पनीका कर्मचारी र जिल्लाका सरोकारवालहरु विच टावर निर्माणका लागि २०७६ कार्तिक १७ गते बसेको वैठकले नायकवाडा,सेरीगाउँ र मजकोटमा मंसिर मसान्तमा काम सम्पन्न गर्ने सम्झौता भयो । तर मंसिर मसान्त नजिकिदँै गर्दा पनि टावर निर्माणका सामग्री बाटोमा अलपत्र भएको देख्न सकिन्छ । जिल्लाका ग्रामीण क्षेत्रका नागरिक अहिले पनि फोन गर्न अग्लो डाँडा पुग्नुपर्ने र घामको प्रकाश कुर्नुपर्ने बाध्यता खेपिरहेका छन् ।
निर्माणको जिम्मा लिएको आस्टर इन्डिया प्रा.लि. कम्पनीले भने निर्माणको कुनै सुरसार गरेको छैन । निर्माणका सामग्री अहिले कता छ ? स्थानीय नागरिकलाई कुनै पनि थाहा छैन । बारेकोट गाउँपालिकाको नायकवाडामा निर्माण हुने टावरका सामग्री नलगाड नगरपालिकाको कालीमाटीका सडकमा लथालिंग गरेर फालिएको छ ।
टावर निर्माणको जिम्मा लिएका ठेकेदारहरुले भने लिन मानिरहेका छैनन् । यसभन्दा अगाडि निर्माण गरेको पैसा नै नपाएको उनीहरुको गुनासो छ । जिल्लाका सात वटा स्थानीय तहमा पुस मसान्त सम्म निर्माण गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको थियो ।
टेलिकम संगको सम्झौता, कर्णाली प्रदेश सभाका सदस्य गणेशप्रसाद सिंहसंग गरेको लिखित प्रतिवद्धता र स्थानीय जनप्रतिनिधिको निरन्तरको ताकेताको चरम वेवास्ता गर्दै कम्पनीले काममा ढिलार्ई गरेको भन्दै उनीहरुले वैठकमा सहभागी नेपाल टेलिकम नेपालगन्ज कार्यालयका प्राविधिक प्रमुख शिवराज खनाल र कम्पनीका प्रोजेक्ट मेनेजर महेशचन्द पुजारी, प्रतिनिधि भोजराज वढु प्रति आक्रोस र असन्तुष्टि पोख्दै सम्झौता अनुसार तत्काल काम सक्न अल्टीमेटम दिएका दिए ।
पुस मसान्त नजिकिदै गर्दा जिल्लाका कुनै पनि स्थानीय तहमा टावर निर्माण हुने संकेत देखिनुको कुरै छैन्, टावरका सामग्री सम्बन्धित ठाउँमा पुर्याउन समेत सकिएको छैन । प्रदेश सदस्य सिंहको पहल र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको समन्वयमा वसेको वैठकले कम्पनीलाई मजकोट, शेरी र नायकवाडामा मंसिर मसान्त भित्र र पैंक, सक्ला र डाडागाउँमा माघ मसान्तभित्र टावर निर्माणको सवै काम सक्न अन्तिम अल्टीमेट दिइएको थियो ।
निर्माण हुने समय नजिकिदै गर्दा निर्माणको सुरसार नदेखिनु निर्माण नै नगर्ने सार त होइन । कम्पनीका तर्फवाट त्यतिवेला वोल्दै आस्टर कम्पनीका प्रोजेक्ट मेनेजर महेशचन्द्र पुजारीले गाउँमा टावर निर्माणको काममा स्थानीयवासीले अवरोध गर्ने असहयोग गर्ने गरेको गुनासो गरेका थिए । स्थानीयको अवरोध र असहयोगका कारण काममा ढिलाइ भएको वैठकमा उनले बताएका थिए ।
प्रोजेक्ट मेनेजर पुजारीको गुनासोको खण्डन गर्दै पुर्व जिल्ला विकास समितिका उपसभापति कृष्णवहादुर वुढाले काम गर्ने मजदुरको ज्याला र होटेलमा खाना आएको ठुलो रकम समयमै नतिर्ने कम्पनीका कर्मचारीहरुका विरुद्ध स्थानीय केहि आक्रोस पोखेको वताएका थिए । तर ,अहिले जिल्लाका स्थानीय तहहरुले कुनै पनि चासो देखाएका छैनन् । स्थानीय सरकारले चासो नदिँदा निर्माण कार्य अलपत्र भएको स्थानीयको आरोप छ ।
प्रमुख जिल्ला अधिकारी जनक राज पंन्तले पत्रकार संगको कुराकानीमा, मैले निर्माण कम्पनीका साथीहरु संग फोन गरेको थिए । सम्झौतामा मंसिर मसान्त भनिएता पनि विभिन्न कारण बस सञ्चालन हुन नसकेकोले अबको एक महिना भित्र तीन ठाउँका टावर निर्माण गर्ने भनिएको र अर्काे एक महिनामा एक ठाउँको टावर निमार्ण गरिने बताउने गरेको उनले बताए ।
यता निर्माण कम्पनीका प्राविधिक शिव खनाललाई फोन गर्ने प्रयास गर्दा टेलिफोनमा सम्पर्क हुन सकेन । यता निर्माण कम्पनीले मजकोटको टावर निर्माण गरे पनि सेवा सुचारु नहुँदा नागरिकहरु टेलिफोन सेवा बञ्चित नै छन् ।
जाजरकोटबाट प्रकाशित भेरीमालिका दैनिकले गत मंसिर २८ गते टावर निर्माणको काम अलपत्र पारेको समाचार प्रकाशित गरेपछि केही ठाउँको टावर निर्माण गरे पनि अन्य ठाउँको टावर निर्माण भने हुने नसकेको स्थानीयको गुनासो छ ।
ठेकेदारले काम गर्नुपर्छ ः पन्त
जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ठेकेदारले काम गर्नुपर्ने बताए । नेपाल टेलिकमको टेलिफोन टावर मंसिर मसान्त भित्र काम सुरुगर्ने गरी भएको सहमती अनुसार काम नभएको भन्दै यस्तो बताएका हुन । गत कार्तिक १७ गते प्रजिअ पन्तको नेतृत्वमा जिल्लाका सरोकारवाला निकाय ठेकेदार कम्पनी बिच भएको सहमती अनुसार काम ठेकेदारले नगरेको भन्दै तत्काल कामको दायरामा ल्याउने पन्तले बताए ।
“अहिले सम्मको जानकारी अनुसार मजकोटको टेलिफोन टावर निर्माण भएको छ ।”र्, निर्माण भएको टेलिफोन टावरको लाईनका लागी नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्ज संग समन्वय भैरहेको छ । यस्तै यता जिल्लाको जुगाथापा चौरको सेरी गाउँमा रहेको निर्माणधिन टेलिफोन टावरको सामान स्थानीयले चोरी गरेको भन्दै ठेकेदारले अटेरी गरेको पन्तको भनाई छ ।
जंगलको बिचमा सामान राख्ने । समयमा काम नगर्ने अन्तमा आएर स्थानीयलाई आरोप लगाएर सफाई दिन नसकिने प्रजिअ पन्तको भनाई रहेको छ । अहिले जुन ठाउँको सामान छ तेही काम गर्ने । नभएको सामान ठेकेदार कम्पनीले खरिद गरी तत्काल सहमति अनुसार टावर निर्माणको लागी समन्वय जारी रहेको उनको भनाई छ ।
स्थानीय सरकारको सम्पर्कमा नै छैनन् ठेकेदार
कार्तिक १७ गते जाजरकोट जिल्लाका जनप्रतिनिधि र ठेकेदार कम्पनी बिच जिल्लाका सबै टेलिफोन टावर निर्माण गर्ने सहमती भयो । प्रजिअ पन्तको नेतृत्वमा भएको सहमती अनुसार कम्पनीहरु निर्माण गर्न तयार भए । तर सहमती भएको २ महिना बितिसक्दा समेत ठेकेदारहरु सम्पर्क बिहिन भएका छन । जिल्लाका जनप्रतिनिधिहरु ठेकेदार कम्पनी सम्पर्क बिहिन रहेको दाबि गरेका छन ।
नागरीकलाई शिक्षा स्वास्थ्य, सञ्चार जस्ता बिषयलाई मुख्य प्राथामिक्तामा राखि अगाडी बढिरहेका जाजरकोटका स्थानीय सरकार ठेकेदार सम्पर्क बिहिन भन्दै कुनै पहल नगरेको स्थानीयको आरोप छ । जिल्लाको बारेकोट गाउँपालिकाको नायकवाडामा निर्माणको चरणमा रहेको टेलिफाने टावरका सामाग्री बाटोमा अलपत्र परेको स्थानीयको गुनासो रहेको छ । टेलिफोन टावर निर्माणको सहमती भएको सहमती यता कुनै दिन ठेकेदार संग सम्पर्क नभएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहीले जानकारी दिए ।
“ठेकेदार संग भएको सहमती अनुसार मंसिर मसान्तमा काम सुरु गर्ने हस्ताक्षर भएको हो । ”२ महिना बितिसक्दा पनि कुनै काम सुरु भएन । मंसिर अन्तिममा सम्पर्क गर्दा टेलिकमका कमृचारीले डिसेम्बर अन्तिम भने । अब कुन महिनाको अन्तिम आउने हो ? हामीलाई जानकारी छैन अध्यक्ष शाहीले बताए । मर्मतको लागी सोलरका पाता पठाएको छु भनी टेलिकम कार्यालयले जानकारी दिएको तर मर्मतको लागी कुनै काम नभएको उनको भनाई छ ।
यस्तै जिल्लाको छेडागाड नगरपालिका प्रमुख लाल बहादुर महताराले ठेकेदार कम्पनी सम्पर्क बिहिन भएको बताए । भएको सहमती अनुसार काम गर्न आएको भनी एक चरण झुलुक्क देखियो ।सामान स्थानीयले चोरी गरेको भन्दै निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्क बिहिन भएको उनको भनाइ छ ।
के भन्छन् प्रदेश सभा सदस्य
जिल्लाको पश्चिमी क्षेत्र बाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्य कौशिलावती खत्रीले ठेकेदारको लाप्रवाहीले गर्दा टावर निर्माणमा समस्या भएको छ । एक त नेपालका सरकारको पनि कमजोरी छ ।
ठेकेदारको लाप्रवाही, सरकारको लाप्रवाहीले गर्दा यस्तो भयो । सरकारले नसक्ने भयो । साँचिकै भन्ने हो भने, कर्णाली प्रदेश सरकारले पनि काम गरेन । आइतबार नै यो विषयमा कुरा गर्ने उनको भनाई छ । नागरिकमा सचेतना छैन । यस्ता कुराहरुमा नागरिकले पनि ध्यान दिनुपर्ने बताए । नागरिक सचेत भए सबै कुरा सम्भव हुने थियो ।
लाग्ने काम हामी चाहान्छु जनताले पाउनुपर्छ , तुरुन्त व्यक्तिगत रुपमा पनि हामी काम गर्छाै । यस्तै अर्का प्रदेश सदस्य गणेश प्रसाद सिंहलाई फोन गर्न खोज्दा उनको फोन स्वीच अफ रहेको थियो ।










