फोर्स दुर्घटनाको अपडेट ः चालकको मृत्यु, १७ जना घाइते

इन्द्र बुढाथोकी सल्यान ।
सुर्खेत बाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका वडा न ११ को बालुवा सङ्ग्रही नजिक सडक बाट करिब १ सय ५० मिटर तल खेतमा गएको अडिएको छ ।

बिहान ८:३५ बजे भएको दुर्घटनामा १७ जना घाइते भएको छन भने चालक सुर्खेत भेरी गगानगरपालिका वर्ष ३५ का प्रकाश शर्माको उपचारको क्रममा नेपालगन्ज मृत्यु भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । जस मध्य५ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते हुनेमा सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका वडा न ३ का वडा सदस्य वर्ष ४३ का भिम बहादुर बुढाथोकी भित्री चोट लागेको र नेपालगन्ज उपचार सम्भावना नभएर थप उपचारको लागि लखनउ लगिएको छ । अन्य सुर्खेत भेरी गगा नपा ९ जरेको वर्ष ४९ का शान्त कुमार तिरुवा, शस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिनपा १२ का वर्ष ३० होम पङ्गाली , सल्यान बनगाड कुपिण्डे नगा १ का वर्ष १३ का अनिश बिस्वकर्मा, जाजरकोट छेडागाड नपा ९ जाजरकोट वर्ष २१ कि भगवती उपाध्यक्ष गम्भीर घाइते भएका छन भने सामान्य घाइते हुनेमा सह चालक जाजरकोट छेडागाड नपा १ को वर्ष २१ को गोपाल वडा जाजरकोट सलमाको वर्ष ४० का पदम रावत , सल्यान शारदा श्रीनगरका वर्ष ५१ का भुम ब बुढाथोकी ,सल्यान शारदा नपा श्रीनगरका वर्ष ५१ का गौतम बुढाथोकी , आरमी ज्वालादल गण बेश क्याम्प लमजुङका वर्ष २६ पुर्ण ब सुनार, काठमाडौ अन्दाजी वर्ष ६२ का रजनी श्रेष्ठ , काठमाडौ वर्ष ६२ अनिशा मान्नधर, सल्यान बनगाड कुपिण्डे नपा १ का वर्ष १५ का संदेश पुन , बनगाड कुपिण्डे नपा १ वर्ष ४० का गगा बिश्वकर्मा, जाजरकोट कुसेगाउपालिका ५ वर्ष २५ दल बहादुर रोका, रसुवा जिल्ला वर्ष २९ कि मालती आचार्य, रुकुम चौरजाहारी नपा ४ वर्ष ३१ को बिजय दर्लामी, लगाइत सामनय घाइते भएका छन घाइते सबैलाई उपचारको लागि नेपालगन्ज उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

,६ महिला २ बच्चा ९ जना पुरुष रहेका छन । दुर्घटनाको कारण गाडी तिब्र गतिका कारण ओरालोमा दुर्घटना भएको अनुमान गरिएको छ प्रहरीले जनाएको छ । दैनिक गाडी दुर्घटना बढदै गैरहेको छ । दुर्घटना हुनुको मुख्य कारण गाडीहरू तिब्र गतिमा हुनु ट्राइभरले मदिरा सेवन गरेर गाडी हाक्नु र मोबाइल फोनमा कुरा गर्नु लगाएत समस्या कारण गाडी दुर्घटना हुन्छ्न भने ड्राइभर सिट क्याभिनमा केटी महिलाहरू राख्नु नै यसको मुख्य कारण रहेको जानकार हरुले बताउने गरेको छ ।

एक स्थानीयका अनुसार आज गाडी दुर्घटना हुनुको कारण ओरालोमा नै गाडिको तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!