फोर्स गाडी दुर्घटना १८ जना घाइते ५ को अवस्था गम्भीर घाइतेकाे विवरण सहित

इन्द्र बुढाथोकी सल्यान । सुर्खेत बाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका वडा न ११ को बालुवा सङ्ग्रही नजिक सडक भन्दा १५० मिटर तल खेतमा गएको अडिएको छ ।
बिहान ८:३५ बजे भएको दुर्घटनामा १८ जना घाइते भएको छन जस मध्य मध्य ५ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते हुनेमा चालक सुर्खेत भेरी गगा नपा छिन्चुका वर्ष ३५ प्रकाश शर्मा, सुर्खेत भेरी गगा नपा ९ जरेको वर्ष ४९ का शान्त कुमार तिरुवा, शस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिनपा १२ का वर्ष ३० होम पङ्गाली , सल्यान बनगाड कुपिण्डे नगा १ का वर्ष १३ का अनिश बिस्वकर्मा, जाजरकोट छेडागाड नपा ९ जाजरकोट वर्ष २१ कि भगवती उपाध्यक्ष गम्भीर घाइते भएका छन भने सामान्य घाइते हुनेमा सह चालक
जाजरकोट छेडागाड नपा १ को वर्ष २१ को गोपाल वड जाजरकोट सल्ल्माको वर्ष ४० का पदम रावत, सल्यान बनगाड कुपिण्डे नपा ३ का वर्ष ४५का वडा सदस्य भिम बहादुर बुढाथोकी , सल्यान शारदा श्रीनगरका वर्ष ५१ का भुम ब बुढाथोकी ,सल्यान शारदा नपा श्रीनगरका वर्ष ५१ का गौतम बुढाथोकी , आरमी ज्वालादल गण बेश क्याम्प लमजुङका वर्ष २६ पुर्ण ब सुनार,
काठमाडौ अन्दाजी वर्ष ६२ का रजनी श्रेष्ठ , काठमाडौ वर्ष ६२ अनिशा मान्नधर, सल्यान बनगाड कुपिण्डे नपा १ का वर्ष १५ का संदेश पुन , बनगाड कुपिण्डे नपा १ वर्ष ४० का गगा बिश्वकर्मा, जाजरकोट कुसेगाउपालिका ५ वर्ष २५ दल बहादुर रोका, रसुवा जिल्ला वर्ष २९ कि मालती आचार्य, रुकुम चौरजाहारी नपा ४ वर्ष ३१ को बिजय दर्लामी, लगाइत सामनय घाइते भएका छन घाइते सबैलाई उपचारको लागि नेपालगन्ज उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । ,६ महिला २ बच्चा १० जना पुरुष रहेका छन ।
दुर्घटनाको कारण गाडी स्पिड बढी भएको कारण ओरालोमा दुर्घटना भएको अनुमान गरिएको छ










