नेपालमा समाजबादका संभावना र जटिलताहरु

हामीले समस्याको समाधान शब्दमा र दस्तावेजमा खोज्न थालेको जति भयो समाजबादको चुली चुम्न हाम्रा वरिपरिको परि दृष्यमा हेर्न नसकेको पनि त्यत्तिकै भयो समाजबाद भन्नेहरूले समाज चिन्न सकेनन् । यात समाज बुझेकाले समाजवाद बुझ्न सकेनन् बिषय गम्भीर छ ।
समाजबाद ल्याउन समाजको बर्गिय असमानताको बिकराल खाडल भित्रको अन्तरबिरोध र युद्धको अन्त्य गर्नु हो त्यसको लागि मानव समाजको चरम अन्तरबिरोधको चुरो पत्ता लाउनु जरुरी हुन्छ । जहाँ उत्पादन प्रणाली र बितरण प्रणाली उत्पादनका साधन र उत्पादक शक्ति बैज्ञानिक छन या अबैज्ञानिक छन जस्ले गहिरो अध्यन गर्दैन त्यहाँ उसले समाजबाद जतिसुकै कुरा गरोस् कोरा कल्पनाको मिथ्या उक्ति मात्रै हो । पहिलो कुरा समाजबाद के हो ? समाजबादको आवश्यकता किन छ ? समाजबादको उदय कसरी हुन्छ र समाजबादका जटिलताहरु के के हुन ? र समाजबादको मुलभुत सिद्धान्त के हो ? भन्नेकुरा जान्न जरुरी छ ।
बैज्ञानिक समाजबाद के हो ?
कार्ल माक्र्सले भन्नुभएको छ संसारभरी धेरैले समाजबाद भनेर मानव सभ्यतामा क्रुद्ध र कुरुपता थोर्पाने उदेश्य लिरहेका छन त्यसैले मैले बैज्ञानिक समाजबाद भन्ने गरेको छु । बैज्ञानिक समाजबाद भनेको सम्पुर्ण रूपमा सामाजिक असमानता र बर्गिय अन्तरबिरोधको सदाको लागि अन्त्य गरेर सभ्य र सुन्दर मानव सभ्यताको निर्माण गर्न सकिन्छ त्योनै उत्तम र सही समाजबाद हो ।
माक्र्सको यो भनाइलाई बैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने अहिलेको भुमण्डलिकृत साम्राज्यबादी पुजिबादको यो युगमा बिज्ञान प्रबिधि आम बिनाशकारी युद्धको हातहतियारको निर्माण र त्यसबाट पार्ने मानव सभ्यतामाथिको असर र भबिष्यमा हुने पृथ्वी समाप्तिको अनुमानलाई मध्यनजर गर्ने हो भने मानव सभ्यताको सुरक्षा समृद्धि बिकासका लागि आबस्यक पन्चतत्व समेतको अस्तित्व रक्षाको लागि समेत बैज्ञानिक समाजबादको अनिवार्य जरुरी छ । यतिबेला बिश्वका सम्पन्न तथा शक्तिशाली राष्ट्रहरु बिकास उन्मुख राष्ट्रहरुको समृद्धि बिकासको लागि भनेर आफ्नो हरेक तानाबाना बुनेर आर्थिक उदारबाद्को नीति अबलम्बन गरेका छन यहीँ बहुराष्ट्रिय उदार आर्थिक रणनीतिले उत्पादन गर्ने दक्षिणपन्थी रूपमा शक्तिशाली राष्ट्रहरु निरहताको उत्सर्गमा पुगेर युद्धको आमन्नेसामन्नेमा पुग्ने र बिश्वब्यापी मानव सभ्यता र पृथ्वीकै समेत आयु समाप्त हुनेगरी युद्धको प्रयोग हुनेछ यसको सहि निर्केउल अन्त्यकोलागी लागि बैज्ञानिक समाजबाद अनिवार्य छ ।
अहिलेको उदारो आर्थिक रणनीतिले कुनै एक मालिकले अनेक मजदुर निर्माण गर्ने बाहेक अर्को विकल्प दिन सकेको छैन त्यसको बैज्ञानिक विकल्प भनेको सम्पुर्ण अधिकार जनतामा निहित बैज्ञानिक समाजबादको विकल्प हो । र बैज्ञानिक समाजबादको आबस्यक्ता अनिवार्य छ ।
समाजबादको उदयको बैज्ञानिक आधार के हो ?
अहिले धेरैले भन्ने गरेका देखिन्छन् चाइनिज समाजबाद युरोपेली समाजबाद रुसी समाजबाद अमेरिकी प्रजातान्त्रिक समाजबाद अबको युगमा त्यस्तो प्रकारको समाजबादलाइ समाजबाद ठान्दैजाने हो भने मानव समाजको बिकासको गतिलाई अर्को युद्धको भुमरीमा पारेर मानव सभ्यतालाई भयानक युद्धद्वारा प्रलयको दिशातिर धकेल्नु हो पहिलो कुरा समाजबादी राष्ट्र भन्ने देशहरूमा त्यहाका जनताको जिबनस्तर र उद्योगमालिकहरुको जिबनस्तर अध्यन अनिवार्य हुन्छ प्रतिक्रियावादी उदार आर्थिकसामाजिक नीति कार्यक्रमले मजदुर र मालिक निर्माण गर्ने बाहेक अर्को विकल्प दिदैन जस्ले समाजबाद होइन सामाजिक अन्तरबिरोधको बिक्राल खाडल तयारीमा र्पुयाउने गर्छ अहिले सत्ताधारी राजनीति शक्ति र प्रतिपक्षी राजनीति शक्ति दुबैले अख्तियर गरेको उदार आर्थिक नीति र त्यस्को जगबाट बनेको संविधानबाट समाजबाद होईन दलाल पुजिबादको निर्माण हुन्छ जस्का यदाकदा भुल्काहरु देखा परिरहेका छन उधारणको लागी एनसिएल ,बहुराष्ट्रिय मिडिया बहुराष्ट्रिय पेय पदार्थको उत्पादन बितरण आदि हुन लेनिनको भाषामा सम्पुर्ण शक्ति सोभियतमा भन्नुको तात्पर्य सम्पुर्ण शक्ति जनतामा भन्नू भएको हो यदी सम्पुर्ण अधिकार जनतामा निहित भएको भय रसियन समाजबाद असफल हुदैनथ्यो
त्यसैले अबको बैज्ञानिक समाजबाद सम्पुर्ण हिसाबले निर्णय गर्ने अधिकार जनतामा र कार्यनयन गर्ने अधिकार राज्यलाई हुनुपर्छ जसले संगठित रूपमा सामुहिक्ताको भाबनात्मक जनचेतनाको बिकास हुन्छ जस्ले सामाजिक असमानतालाई सजिलै समाप्त पार्दछ त्यसकोलागी नेपालमा झनै सजिलो छ कृषिको औद्योगिककरण जमिनको ब्यबस्थापन उद्योगलाई सामुहिक करण सरल भाषामा भन्नुपर्दा सामुहिक उत्पादन सामुहिक प्रसोधन र सामुहिक बितरणको संगठित भाबनाको बिकास हुन्छ उत्पादन शक्ति उत्पादनका साधनमा जनताको सामुहिक साझा अधिकार नहुने राष्ट्रको जनता र सरकारनै बर्गिय बिभेदको दिशातिर जान्छन हाम्रो देशले यतिबेला लिएको भुमी ऐन तथा उत्पादनको राष्ट्रिय नितिकार्यक्रम सरकार मालिक जनता मजदुर बन्ने नीति हो
सम्पत्तिको राष्ट्रियकरण गरेपछि राष्ट्रिय सम्पत्तिको बहुराष्ट्रियकरण हुन्छ राष्ट्रिय पुजिको बहुराष्ट्रियभएको खण्डमा राष्ट्रिय पुजी दलाल पुजिमा परिनत हुन्छ त्यसरी समाजबादमा पुगिन्छ भन्नू अत्यन्तै बैचारिक दरिद्रता हो नेपालले जबसम्म राष्ट्रिय पुजिलाइ समेत सामुहिक सामुदायिक बनाइदैन तबसम्म नेपालमा भने जस्तो दुखी गरिब मजदुर किसानको समाजबादी राज्य ब्यबस्था निर्माण हुन सक्तैन समाजबादको नेपालमा स्थापना गर्नका लागि सैद्धान्तिक रूपमा त्यो राजनीति दलको कार्य्दिशा समाजबादी छ छैन त्यो कुरा अध्यन नगरी भाषामा बोलिने उटाङ्गे समाजवादी भुतको पछि लागेर समाजबादमा पुग्न सकिदैन समाजबादको एउटामात्र आधार हो
गरीब मजदुर किसान भुमिहिन सुकुम्बासीहरुलाइ संगठित रूपमा शक्तिको सामुहिक संचालन र उत्पादन प्रसोधन र बितरणका सम्पुर्ण समानमा साझा अधिकार हुनेगरी राजनीति बैचारिक तथा सैद्धान्तिक अबधारणा बनाउन जरुरी छ अनिमात्र नेपाल समाजबादमा प्रवेश गर्न सक्छ ।
बैज्ञानिक समाजबादका जटिलता र मुलभुत सिद्धान्त केके हुन ?
हरेक समय परिस्थितिमा राज्य ब्यबस्था संचालन र संचालकको अवस्था अध्यन गर्न बित्तिकै त्यहाँ समस्या र संभावनाका मुलभुत सैद्धान्तिक आधार तयार बन्नेगर्दछ जहाँ समस्या देखेर अगाडिको सम्भावना देख्न नसक्नु सबै त्यसैलाई सम्पुर्ण परिवर्तनको उपज देख्नु दक्षिण पन्थी चिन्तन हो त्यस्ता दक्षिण पन्थी चिन्तन ब्याख्या गर्ने मध्यम खाले बिस्लेसक र राजनीति नेर्तित्वले नेपाली समाजलाई निराशा तिर उन्मुख गराउन थालेका छन
जुन तत्वले सम्मानता स्वाधीनता र सम्पन्नता देख्न चहादैनन नेपाली समाजमा एउटा यस्तो राजनीति चरीत्र बोकेको समाज छ जस्ले राष्ट्रमा मजदुर र मालिक धनी र गरिब उछ र निच निर्धो र बलियो यथावत रहिरहन सकोस् । जस्ले बाहिर बेलाबेलामा समाजमा उत्तेजित निराशा पैदा गराउछन । दुस्खद र दुर्भाग्यपूर्ण कुरात के भने लामो समयसम्म बैज्ञानिक समाजबाद स्थापना गर्ने भनेर वर्गसंघर्ष गरेको राजनीति शक्तिको केही दफानै उदार पुजिबादको बाटो भएर दलाल पुजिबादमा पतन हुनु ।
अत्यन्तै लज्जास्पद हो नेपाली समाजको बर्ग बिष्लेशन सहि तरिकाले भयो या गलत खोज्नु जरुरी देखिन्छ बहुजातिय तथा बहु भाषी समाजमा बैज्ञानिक समाजबादको स्थापना प्रमुख जटिलता हो बिकेन्दिकृत टुक्रे सामजलाई केन्द्रीकृत सामन्तबादमा बाधेर रहेको नेपाली समाजलाई बैज्ञानिक समाजबादमा रुपान्तरण गराउन पुराना उत्पादन बितरण प्रणालीमा व्यापक फेरबदल ल्याउन त्यत्तिकै जटिलता हो नेपाली समाज टुक्रे उत्पादन र बितरण प्रणालीले सयौं बर्ष बानिपारेको हो यस्लाइ तुरुन्तै सामुहिक उत्पादन र सामुहिक बितरण मार्फत बैज्ञानिक समाजबादमा जान सबैभन्दा पहिले सैद्धान्तिक तथा राजनीति कार्यक्रम समाजबादी हुन जरुरी छ।
संसदबादी राजनीति शक्ति यतिबेला समाजवादी संविधान भनेर जनतालाई दिग भ्रमित पारेका छन यस्को भाब भुमी र उदेश्य बहुराष्ट्रिय दलाल पुजीवादलाई पछ्याउँदै बनेको छ समाजबादकोलागी अगाडी कसरी बढ्ने भन्नेबारे बिचौलिया माफियाको पुजि र फर्जी दलालले ल्यायको आर्थिक नितिलाइ अबलम्बन गर्नु प्रमुख समस्या हो। एक उद्योग पतिको सम्पत्तिको लेखाजोखा गरेर समाजबाद्को परिकल्पना गर्न थालेको राजनीति शक्तिले बैज्ञानिक समाजबादको हल दिन सक्तैनन बरु दलाल पुजिबादको बुइगल उक्लेर राष्ट्रियता र जनतन्त्र समेत गुम्रहामा पार्छन ।
यहाँनेर भुल्न नहुने कुरा नेपाली विशेषतामा समाजबादको निर्माण गर्न बर्गको बैज्ञानिक बिष्लेसन र राष्ट्रिय पुजिको जनताको सामुहिक तथा साझा अधिकार सहितको राजनीति कार्य्दिशा निर्माण हुन जरुरी छ।
अर्को्तिर समजबादको सारमा नपुगेर मात्रै रूपमा पुगेर समाजमा जटिलताका निराशा र कुन्ठा थोपर्ने गरिरहेका छन त्यस्ता ढोगी समाजबादी चिन्तन बिचार व्यक्त गरिरहेका छ नेपाल लाई छिटोछरितो तरिकाले समाजबादमा जानसक्ने राम्रो आधार देखेर बिश्वब्यापी साम्राज्यवादले आफ्नो बुता बर्गत प्रयोग गरिरहेका छन बिदेशी उदार पुजिबादको निषेध र राष्ट्रिय उत्पादनमा जोडिएका सम्पुर्ण शक्ति जनताको अधिकार सहितको बैज्ञानिक समाजबादमा जान जरुरी छ ।
संसारसेन पृथक जाजरकोट हाल मलेसिया ।









