दुवाकोटमा अस्पताल निर्माण गर्ने पहिलो प्राथमिकता राज्यमन्त्री – रावत

हेमन्त केसी

काठमाडौँ , भक्तपुरको चागुनारायण नगरपालिका – १ मा निर्माण हुँन लागेको वीर अस्पतालको विस्तारित संरचना निर्माण गर्ने पहिलो प्राथमिकता भएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बताउनुुभएको छ । आज मन्त्री रावतले स्थलगत अनुुगमण गदै स्थानीयवासी सँग यस्तो प्रतिवद्धता व्यत्तः गर्नुभएको हो । अहिले रहेको संरचनाबाट तत्काल भोली देखि एक्सरे सेवा , ल्याप सेवा लगायतका कार्यहरु सुरु गर्न निर्देशन समेत दिनुुभएको छ ।

अहिले प्रवाह रहेको सेवाबाट स्थानीयवासीले दुख पाएको गुनासो आएपछि मन्त्री रावतले भोली देखि सेवा विस्तार गर्न निर्देशन दिनुुभएको हो ।
विस्तारित भवन निर्माणका लागि ५२० रोपनी जग्गा अधिग्रहण गर्ने काम सम्पन्न भईसकेको छ । सांसद मशेस वस्नेतले अहिले तत्काल संरचना निर्माणका लागि सडक , खानेपानी , विद्युत र ढल निकालका लागि पहिलो काम सुरु गर्नुपर्ने बताउनुुृभयो । उहाँका अनुसार आयोजनाको विस्तृत योजना प्रतिवेदन ( डिपिआर) को काम यसै आर्थिक वर्षमा गर्न लागिएको छ । त्यसका लागि वजेटको व्यवस्था भईसकेको छ । नगरपालिकाको १, २, ३ र ४ का स्थानीयले त्यहाँबाट सेवा लिने गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुुभयो ।






