जाजरकोट दरबार धुम्न आउने पर्यटकलाई टिका ,फुलका गुच्छाले स्वागत


कालीबहादुर नेपाली जाजरकाेट । नेपाल भम्रण बर्षको पहिलो दिन जाजरकोट दरबार घुम्न आउने पर्यटकलाई टीका र फ्ुलका गुच्छाले स्वागत गरिएको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले जिल्ला बाहिरका पर्यटकलाई फुल गुच्छाले स्वागत गरेका हुन ।
स्वागत गर्दे प्रमुख जिल्ला अधिकारी पन्तले भने, जिल्लाका ऐतिहासिक पर्यटकीय स्थल हेरेर जानुहोला ।

जाजरकोटका सात वटा स्थानीय तहले भम्रण बर्षलाई लक्षित गरी पर्यटकलाई स्वागत गर्न १ सय ५१ स्वागत गर्ने टोली निर्माण गरेको छ । जसमा जिल्ला समन्वयन समितीका प्रमुख मनबहादुर रावलको अध्यक्षतामा सो सतिती गठन गरिएको छ ।








