खुल्ला पुरुष भलिबलको उपाधि चुली यूवा क्लव सुर्खेतलाई


कालीबहादुर नेपाली
जाजरकाेट । जाजरकोटको रमाईलो मेलामा सञ्चालन गरिएको खुल्ला पुरुष भलिवलको उपाधि चुली यूवा क्लव सुर्खेतले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा एपीएफ क्लवलाई हराउँदै चुली यूवा क्लवले उपाधी जितेको हो ।

मेलामा सञ्चालन भएइरहे्का ६ टीम मध्ये हार नै नभेवरी चुलीले हात पारेको हो । खेलमा नेपाली सेनको टीमले तेस्रो दिन हात पारेको हो । प्रथम हुनेले १ लाख ५० हजार, दास्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार सहित प्रमाण पत्र पाउने आयोजक समितीले जनाएको छ ।






