प्रअ भत्ता गरिब तथा टुहुरा बालबालिकाको पढाई खर्चमा लगाउने घोषणा

जाजरकोट ः बारेकोट गाउँपालिकाको एक बिद्यालयका प्रधानाध्यापकले आफ्नो प्रअ भत्ता गरिब तथा टुहुरा बालबालिकाहरुको पढाई खर्चमा लगाउने घोषणा गरेका छन् ।  टेलिफोन गरेर सरकारबाट आफुलाई प्राप्त प्रअ भत्तालाई बिपन्न तथा अनाथ बालबालिकाको पढाई खर्चमा लगाउने निर्णय गरेको घोषणा गरेका हुन् ।

बारेकोट गाउँपालिका–६ स्थित सिता माध्यामिक विद्यालय कार्कीज्युलाका प्रधानाध्यापक तिलकबहादुर खत्रीले आफ्नो प्रअ भत्तालाई गरिब तथा टुहुरा बालबालिकाहरुको पढाईका लागि आबश्यक पर्ने कापी, कलम लगाएतका शैक्षिक सामाग्री खरिदमा लगाईने बताएका छन् । देश भरिका बिद्यालयका प्रअहरुले सरकारले दिदै आएको प्रअ भत्तासंगै बिद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर दोहोरो भत्ता खाई रहेको बेला आफुले आफ्नो प्रअ भत्तालाई बिपन्न बालबालिकाहरुको पढाई खर्चमा लगाउने प्रअ खत्रीले बताए ।

माध्यामिक तहको मासिक ५ सयका दरले बार्षिक ६ हजार प्रअ भत्ता हुने बताउदै प्रअ खत्रीले सम्बन्धित बिद्यालयमै अध्ययनरत बिपन्न तथा टुहुरा बालबालिकाहरुलाई कापी, कलम लगाएतका शैक्षिक सामाग्री खरिद गरेर बितरण गर्ने बताएको डिजिटल सञ्चारमा खवर छ। । बिद्यालयमा कार्यरत शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनीधिहरुको सहयोगमा शैक्षिक सामाग्री बितरण गरिने बिपन्न तथा टुहुरा बालबालिकाहरुको छनौट गरिने छ प्रअ खत्रीले भने–‘म त्यस विद्यालयको प्रअ भएको गत जेठ महिना देखि हो, जतिवेलासम्म म विद्यालयको प्रअ हुन्छु त्यतिवेलासम्मको सबै प्रअ भत्ता बिपन्न तथा अनाथ बालबालिकाहरुको पढाईका लागि आबश्यक पर्ने शैक्षिक सामाग्री खरिदमा लगाउने छु ।’




सम्बन्धित समाचार


error: Content is protected !!