जव सिडिओ आफै टिकट जाँच गर्न हिडे

जाजरकोट , यातायात व्यवसायिले तोकिएको भाडा दर भन्दा बढी असुलेको गुनासो आएपछि आज प्रमुख जिल्ला अधिकारी जनकराज पन्त लगायत सरोकारवालाको टिमले यात्रुहरुको टिकट जाँच आफै गरेको छ ।
गाडी भित्र गएर प्रत्येक यात्रुहरुबाट टिकट मागेर बढी रकम फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । भेरी नगरपालिकाको कुदुमा गएर अनुगमण गर्दा बढी रकम लिएको फेला परेको हो । सदरमुकाम भन्दा पैदल ३ घण्टा टाढाको दुरीमा रहेको कुदुमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी लगायतको टोली गएर अनुगमण गरेको पहिलो घटना भएको स्थानीयले बताएका छन् ।
गाडी चलाउने इन्धनमा समेत बढी शुल्क लिएको, स्थानीय पसलहरुमा म्याद गुर्जेको सामग्री विक्री वितरण गरेको पाईएपछि सो नियन्त्रणमा लिएर उनको भनाई छ । सदरमुकाम भन्दा बाहिर भएका कारण सवैले ज्यादती गरिरहेको गुनासो बढीरहेको बेला जिल्लाका प्रशाषक गाउँमा गएर अनुगमण गर्दा यात्रुहरुले राहतको अनुभव गरेको बताएका छन् ।
यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिएको सिधा गर्न नसक्ने तर बाध्यताले रकम तिर्न बाध्य भएका यात्रुहरुको गाउँमै गएर वस भित्र टिकट जाँच गरिएको प्रहरीले बताएको छ । सदरमुकाममा सवै जिल्लाका प्रमुख हुँने भएकाले कम समस्य देखिएपनि गाउँमा भारी समस्य भएको स्थानीयवासीहरु बताउँछन् । कसैलाई जानकारी नदिएर बस भित्र गएर अनुगमण थालेका प्रजिअ पन्त गाडी भित्र गएपछि सवै यात्रुहरु मुखामुख समेत भएका थिए ।
यातायात व्यवसायी समेत हैरान भएका थिए । बढी भाडा लिएका यातायात व्यवसायीलाई आज नै बदमासी नगर्न सचेत गराएको छ । जिल्लामा एक दर्जन समितिका यातायातका साधनहरु सञ्चालनमा छन् ।








