बार्षिक उत्सवमा अनाथ बालबालिकालाई सहयोग

जाजरकोट । छिमेकी लद्युवित्त विकास वैकको १९ औँ बार्षिक उत्सवमा अनाथ बालबालिकालाई सहयोग गरिएको छ । उनीहरुलाई बुधबार वैकको बार्षिक उत्सवमा कापी कलम प्रदान गरिएको हो ।
जिल्लामा रहेका २७ बालबालिकालाई पढाईमा सहजहोस भनेर उनीहरुलाई एक कार्यक्रमका वीच वितरण गरिएको वैक शाखा जाजरकोटका प्रबन्धक कर्णबहादुर कार्कीले बताए ।
कार्यक्रममा जाजरकोट जिल्लाका सरोकारवाला, राजनीतिक दल,स्थानीय तहका जनप्रतिनीधि, लगायत क्रियाशिल पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।










