पाँच दशक आरनको काम, फेरिएन जीवन

जाजरकोट । बाटो छेउमा भुई तले घर,घरदेखि अलि पर टिनले छाएको छाप्रो । त्यही छाप्रो मुनि चल्छ नलगाड नगरपालिका – ७ का भागिरत कामीको दैनिकी ।
१६ बर्षको उमेरदेखि आरन पेशामा लागेका उनी उमेरले ६८ बर्ष नाघिसकेको भए पनि बिहान भालेको डाको संगै आरनमा बसेर फलाम पिट्न सुरु गर्छन् ।
खली प्रथा मै श्रम बेचिरहेका भागिरत ले जिबनका ५२ औँ बर्ष यसरी नै फलाम पिटिरहे तर उनको जिबन स्तर कहिल्यै माथि उठेन । भन्छन् बिष्टहरुका दैनिक उपभोग्य सामाग्रि बनाउछु अनि उहाँहरु संग अन्न उठाउँछु । यसैगरी आज सम्म परिवार पालिरहेको छु ।
जब तन्नेरी थिएँ त्यतिबेला फलाम पाइदैनथ्यो । पाएपनि एकदमै महँगो हुन्थ्यो तर अचेल फलाम सस्तोमा पाइन्छ, बुढो भैसके ताकतले भ्याउँदैन तै पनि आफ्ना बिष्टहरुको काम सकि नसकि गरि रहेको छु । कहिलेकसो बाहिरका मान्छेपनि सामाग्री किन्न आउछन् दुइचार पैसा कमाएर नातिनातिना लाई कपि,कलम किनिदिन्छु ।
कामलाई सानो ठुलो नभनि ऐतिहासिक पेशालाइ ब्यबसायिक रुपमा आफ्नै ठाउँमा सिपको सदुपयोग गर्न सके लोभै लाग्दो आम्दानि हुने र बेरोजगारिको कारण युवाहरु विदेश जानुपर्ने अवस्था नभएको भागिरत बताउछन् ।
आफुले आधुनिक औजारहरुको अभाव हूदाहुदै हसिया,कोदालो,कुटो, बन्चरो, खुकुरी, तरबार ,खुरोल गाएत सामाग्री निर्माण गरिरहेको भएपनि स्थानिय निकायल ध्यान नदिदाँ लोपहुने संघारमा पुगेको ऐतिहाँसिक पेशाको जगेर्ना हुनुको साथै रोजगारको बिस्तार हुने उनको भनाई छ ।










