सवारी साधनमा महिला सिटको अनुगमन


जाजरकोट । सोमबार देखि महिला हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । समानताको पुस्ताः वलात्कार विरुद्धको ऐक्यवद्धता भन्ने राष्ट्रिय नारा सहित उक्त अभियान शुरु भएको छ ।
अभियानको क्रममा भेरी नगरपालिका लगायत सरोकारावालाले महिला मैत्री विभिन्न क्रियाकलाप पनि संचालन गर्दै आएका छन् । अभियानको सिलसिलामा भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारी लगायत सरोकारवालाले बुधबार यातायातका साधनमा महिला, बद्धबृद्धा र अपाङ्गको लागि सिटको ब्यवस्था भएरनभएको अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा अधिकांश गयातायातका साधनले महिला लागि सिटको व्यवस्था नगरेको पाइएको उपप्रमुख भण्डारीले वताइन् । आधा दर्जन गाडीको अनुगमन तथा निरीक्षण गर्दा कुनैपनि साधनले उक्त व्यवस्था नगरेको पाइएको उनले वताइन् । यातायातका साधनमा समेत महिलालाई हिंसा हुने गरेको उनको भनाई छ ।
१६ दिने अभियानलाई सफल पार्न यातायातका साधानमा अनिवार्य महिला मैत्री सिटको ब्यवस्था गर्न लगाउने उनले वताइन् । बहुविवाह, बाल विवाह, बलत्कार, घरेलु हिंसा, असमानता, लैङ्गिक विभेद, कुसंस्कार, छाउपडी लगायतले महिला हिंसा बढाएको उनको भनाई छ ।
‘यातायातका समाधनमै विभेद पाइयो,’ उनले भनीन् । पुरुष र महिला विच समान अधिकार नभएसम्म महिला हिंसाको अन्त्य नहुने भण्डारीको ठम्याई छ । कागजको अधिकारले सार्थकता नपाएको उनको भनाई छ ।
महिला र अपाङ्गका लागि आरक्षण सिटको व्यवस्था नगर्ने साधनका चालकलाई पहिलो पटक चेतावनी दिएर छाडेको प्रहरी निरीक्षक केशर कार्कीले वताए । यातायातका साधनमा महिला सिटको व्यवस्था बारे दैनिक अनुगमन गरीने र सिटको ब्यवस्थापन भएको नपाइए सम्बन्धित चालकलाई कारबाही समेत गरीने निरीक्षक कार्कीले वताए ।










