अनियमितता भएको भन्दै नगरपालिकामा ज्ञापन–पत्र

डोल्पा , डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा विकास बजेट, कर्मचारी नियुक्ति, शिक्षक नियुक्ति, नगरपालिकाको डोजरको दुरुपयोग लगायतका कुरामा अनियमिता भएको भन्दै नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दल डोल्पाले मंगलबार नगरप्रमुखलाई ज्ञापन–पत्र बुझाएको छ ।

तरुण दलले स्थानीय सरकार गठन भएदेखिनै नगर क्षेत्रमा शुसासन एवम् पारदर्शीतायुक्त विकास निर्माणमा साझेदार बन्न नगरपालिकालाई सचेत गराउँदै आएको तरुण दल डोल्पाका अध्यक्ष तुलबहादुर बोहोराले बताउनुभयो ।

नगरपालिकाले शक्ति, सत्ता र आस्थाका आधारमा विकास निर्माण लगायत हरेक कुरामा जनतालाई भेदभाव गर्दै आरोप उहा्ँले लगाएका छन् ।

ज्ञापन पत्रमा विभेदजनक र अपारदर्शी गतिबिधिलाई तत्काल बन्द नगरे चरणबद्ध रुपमा बजार र्‍याली, नाराजुलुस, स्थानीय तहका सम्पुर्ण गतिबिधिको भण्डाफोर गरी स्थानीय तहमा तालाबन्दी गरिने जनाइएको छ ।

नगरप्रमुख ओमबहादुर बुढाले पुर्वाग्रही हिसाबमा विरोध नगरेर तथ्यका आधारमा विरोध गर्न तरुण दललाई आग्रह गरेका छन् । उनले भ्रष्टाचार निवारणकालागि अहोरात्र लागिरहेकाले कहाँ, कुन योजनामा कसरी र कति रुपैयाँ भ्रष्टाचार भएको छ ? सम्पुर्ण खुलाइदिएमा आफु कारवाही गर्न तयार रहेको बताए ।

तरुण दलले नगरप्रमुख ओमबहादुर बुढा, उपप्रमुख चन्द्राकुमारी बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालासहितको उपस्थितिमा ज्ञापन पत्र हो ।





error: Content is protected !!