पुर्वमन्त्री शाहीकै गाउँबाट काँग्रेस परित्याग

कांग्रेस परित्याग गदै १७ जना नेकपा प्रवेश
हुम्ला–उपनिर्वाचनको समय नजिकदै गर्दा हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी १७ जनाले नेकपा प्रवेश गरेका छन । पूर्वमन्त्री जीबनबहादुर शाहीको गाउँ खर्पे लगाउँबाट ३ जना र खार्पुनाथ गाउँपालिका १ गोप्का गाँउबाट १७ जनाले कांग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका हुन ।
पूर्वमन्त्री जीबनबहादुर शाहीको खर्पेलगाँउबाट नन्दबहादुर शाही, ,हरिबहादुर शाही,मक्कर शाही काँग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेको नेकपा खार्पुनाथ गाउँ कमिटि एवम सचिवालय सदस्य प्रकाशबहादुरले जानकारी दिएका छन ।
खार्पुनाथको १ नम्बर वडा गोप्का गाउँबाट कर्णबहादुर रोकाय, दाने कामी,जालकी कामी,ज्ञानी कामी,धनदला कामी,कुशुम कामी कर्णजित कामी,डल्ली कामी,गोर सार्की,बाँचु सार्की मनजित कामी, गेडी कामी, र जलजला कामी काँग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेको नेकपा जिल्ला कमिटि सचिवालय सदस्य छबी थापाले बताए ।
वडा नम्बर एका वडाध्यक्ष मगुसिह बुढा, र किसान संगठन हुम्लाका अध्यक्ष शक्ति सिह ऐडीको रोहबारमा नेकपा प्रवेश गरेको थापाले बताए । काँग्रेस परित्याग गरेर नेकपा प्रवेश गर्ने लहर बढदै गएको छ ।
खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा बाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाहीको प्रतिस्पर्धा जस्तै देखिएको छ ।








