वन्यजन्तुले प्रयोग गर्न थाले ‘क्यानोपी ब्रिज’

काठमाडौं ः बाँके राष्ट्रिय निकुञ्जले परीक्षणका रूपमा निर्माण गरेको ‘क्यानोपी ब्रिज’ वन्यजन्तुले प्रयोग गर्न थालेका छन्। उक्त पुलबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेका हुन्। पुल बढीजसो बाँदरले प्रयोग गर्दैै आएको छ।

सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्युलाई न्यूनीकरण गर्न राजमार्गको दायाँ–बायाँ रूखमा डोरी टाँगेर बनाइएको पुल ९क्यानोपी ब्रिज० निर्माण गरिएको हो। निकुञ्जले परीक्षणको रूपमा पाँचवटा यस्ता पुल निर्माण गरेको हो। यस्ता पुल विदेशमा सफल भइसकेकाले नेपालमा पहिलोपटक परीक्षणका रूपमा सुरु गरिएको हो। पूर्व–पश्चिम राजमार्गको अगैयादेखि ओभरी खण्डको तीन ठाउँमा र रत्न राजमार्गको चिसापानी खण्डको दुई ठाउँमा क्यानोपी ब्रिज सञ्चालनमा ल्याएको निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए।

ब्रिजबाट बाँदर, लोखर्के, मुसालगायत रूखको हाँगामा बस्ने प्रजाति राजमार्ग ओहोरदोहोर गर्न सजिलो हुने शर्माको भनाइ छ। ‘राजमार्ग ओहोरदोहोर गर्ने क्रममा पुलको प्रयोग गर्ने र त्यसबाट सडक दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरेका छौं’, शर्माले भने, ‘पुलबाट कुन वन्यजन्तुले कति प्रयोग गर्छ भन्ने सूचना प्राप्त गर्न नौ थान क्यामेरा ट्रयाप राखिएको छ। क्यामरा ट्रयाप ६ महिनासम्म राखी नियमित रूपमा अनुगमन गर्नेछौं।’

हाल बाँदरले पुलको प्रगोग अत्यधिक रूपमा गर्दै आएको शर्माले बताए। ‘यो पुल सफल भएको अवस्थामा अन्य क्षेत्रमा पनि निर्माण गर्नेछौं’, सहायक संरक्षण अधिकृत शर्माले भने। जुट र रेशमको डोरी तथा स–साना काठ प्रयोग गरी पुल निर्माण गरिएको हो। खैरी क्षेत्रमा २५ मिटर लम्बाइ, मुगुवा क्षेत्र १ मा २४ मिटर, मुगुवा क्षेत्र २ मा २२ मिटर, चिसापानी क्षेत्र १ मा १७ मिटर र चिसापानी क्षेत्र २ मा १४ मिटर लामो पुल निर्माण गरेको हो। ती पुलहरूको चौडाइ ०।४५ मिटर र ८ मिटरभन्दा बढीको उचाइमा राखिएको निकुञ्जले जनाएको छ।

२०७२र७३ मा बाँदर १, लोखर्के ४, न्याउरी मुसा १ गरी ५० वटा वन्यजन्तु सडक दुर्घटनाबाट मरेका थिए। २०७३र७४ मा मात्रै १३ वटा बाँदर मरेका थिए। २०७४र७५ र २०७५र७६ मा बाँदर ७र७ वटा सडक दुर्घटनामा मरेका थिए। २०७५र७६ मा लोखर्के १, न्याउरी मुसा १ वटा मरेका थिए। चालु आर्थिक वर्षमा बाँदर २, लोखर्के १ लगायत ६ वटा वन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। दुर्घटनाको घटना बढ्दै गएपछि पुल निर्माण गरेको निकुञ्जले जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!