बदेलको आक्रमणमा परी तीन घाईते

जाजरकोट , यहाँको कुशे गाउँपालिका– ५ खुर्पामा बदेलको आक्रमणमा आज विहान बीरवल कामी , पहिरी वोहोरा र हस्तबहादुर विक घाईते भएका छन् । स्थानीयले आक्रमण गर्ने बदेललाई समेत मारेको जिल्ला प्रहरी कार्यालय , जाजरकोटले जनाएको छ । घाईतेको उपचारका लागि स्वास्थ्य स्वास्थ्य सेवा , कार्यालय जाजरकोटमा ल्याईदै गरेको छ ।










