सीमा मिचेको विरोधमा विप्लव समूहको राँके जुलुश


मुगु : भारत सरकारले एक पक्षीय रूपमा ल्याएको राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मुगुमा राँके जुलुश प्रदर्शन गरेका छ।
शनिबार छायानाथ रारा नगरपालिका केही वडामा राँके जुलुश प्रदर्शन गरी भारत सरकारविरुद्ध विरोद जनाएको हो। शनिबार साँझ ६ बजे भारतविरुद्घ चर्काचर्का नारा लगाउदै छायँनाथ रारा नगरपालिका-१२ शोभा र १३ बाम, थार्प गाउँका शोभा डाँडा बाम डाँडा, र फलातलगायतका डाँडामा राँके जुलुश प्रदर्शन गरी विरोध प्रर्दशन गरिएको नेकपा विप्लव नेतृत्वका नगरकमिटी इन्चर्ज धनमान सिंह बढुवालले बताए।
उनले पार्टीको केन्द्रीय सर्कुलरअनुसार भारत सरकारविरुद्ध आफूहरूले विरोध प्रदर्शन गरेको बताए। ‘पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भू-भाग एक ईन्च पनि गुमाउन हामी चाहदैनौँ बरू हामी मर्न पनि तयार छौँ’ उनले भने।
कालापानी, लिपुलेख मात्र नभई नेपालको साबिकको नक्सा नै बिग्रने गरि भारत र चीनले मिचेका नेपालका अन्य भू-भागसमेत फिर्ता गरिनुपर्ने धाराणका साथ विरोद्ध प्रदर्शन गरिएको इन्चार्ज बढुवालको भनाइ छ।








