जव भोट हालेको नेताको नाम रेडियोमा नआउदा ?

जिल्लाका अधिकारी सहितको टोली समावेश भएको टोली सँग गाउँमा घुम्ने मौका मिल्यो । धेरै गाउँले आमा, बाबाका साथै सवै उमेर समुहका स्थानीयवासी सँग भलाकुसारी गर्ने मौका पनि मिल्यो ।
गाउँमा करिव ५ दिन बसाई पछि एक दिन उमेरले ६५ वर्ष पुग्दै गर्नुभएकी वृद्ध हजुर आमाको घरमा पाहुँनाका रुपमा पुग्ने मौका मिल्यो । उहाँले सोध्नुभयो , वावु तिम्रो घर कहाँ हो रु मैले भने , मेरो हजुरको घरबाट दुई दिन पैदल हिडियो भने पुगिन्छ , अर्थात हल्चौर हो । उहाँले मेरो उत्तर सुन्न नपाउँदै मेरो हजुरबुवाको नामै लिएर भन्नुभयो मोखिया थिए नि ।
हल्चौरमा उनको घर देखि कत्ता हो । मैले जवाफ दिए , म उहाँकै नाती हो । उहाँले फेरी अर्को प्रश्न गर्नुभयो ? तिमी के गछौँ त ? मैले भने खास मेरो यही पेशा भन्ने त छैन् तर पनि कहिले काँही गाउँ , घरमा भेटघाट अनि छलफलमा उठेका कुरा लिएर समाचार बनाउछु ।
त्यही काम हो मेरो । उहाँले फेरी प्रश्न गर्नुभयो । मैले भोट हालेको कुनै पनि नेताको नाम अहिले सम्म रेडियोमा बजेको सुन्दिन त के भएर रहेछ । रेडियोमा नाम नै सुनेको भए पनि कति खुसी हुन्थे ?
नाम नै नसुन्दा अचम्म लाग्छ , तिम्रो मैले भोट हालेका मान्छे सँग भेट हुन्छ भने यो कुरा सुनाईदिनु । यता त कहिल्यौ आउदैन तर मिती गएपछि भनिदिनु रेडियोमा पनि नाम आउदैन तिमी के गछौँ रे ?
ल अव तपाई आफै भन्नुहोस । मुलधारका मिडियाले उठाउन नसकेका वा छुटका कुरा वैकल्पिक मिडियाले अव उठाउनु पर्छ कि पदैन् ? नागरिको अपेक्षा पुरा गर्न पर्छ की पदैन होला ।
लेखक केसी नेपालपोस्ट खबरका सम्पादक हुनुहुन्छ ।










