हेलिकप्टरबाट गर्भवतीको उद्धार

जाजरकोट , सुत्केरी हुँन नसकेर ज्यान जोखिममा रहकी कुशेगाउँपालिका ६ की कि ४५ बर्षीय रत्न शाहीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
घरंङ्गा स्वास्थ्य चौकीमा कात्तिक ३० गते उपचारका लागि पठाएपनि त्यहाँ उपचार कार्य सम्भव नभएपछि चिकित्सकले बाहिर लिएर उपचार गर्न सल्लाह दिएपछि शाहीलाई आज हेलिकप्टर मार्फत सुर्खेत स्थित प्रदेश अस्पतालमा ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिनुभयो ।
शाहीलाई महिला तथा बालबालिका मन्त्रालय राष्टपति उद्धार कोषको आर्थिक सहयोगमा उद्धार गरिएको हो ।








