जटिल बन्दै बालबालिकामा इन्टनेटको लत , तह लगाउन गाह्रो अभिभावलाई


कालीबहादुर नेपाली जाजरकाेट । बारेकोट गाउँपालिकाका २ का १८ बर्षका प्रकाशको ध्यान इन्टरनेटमा माछाको प्रखाईमा बसेको बकुल्ला जस्तै हुन्छ । उनी २४ सैँ घण्टा अनलाईनमा नआए उनले खाना खान बिर्सेको जस्तो हुन्छ ।
उनले भने, म अनलाईनमा नआए खाना खान बिर्सेको भन्दा कम हुदैन् जव ईन्टरनेटमा आएर यूटुव खोल्छु त्यस पछि मन शान्त हुन्छ र खाना खान जान्छु । यो भनाई बारेकोटका प्रकाशको मात्र होइन,जाजरकोटका बालबालिका देखि सबैको वास्तविक कथा हो ।
बारेकोट गाउँपालिका २ का जैसरी नेपालीको ५ बर्षको छोरा छ । उनी भन्छिन्, छोरालाई दिउँसो खेलेपनि बिहान बेलुका छोरालाई मोबाइल नभई हुँदैन । ‘खाना खाने टाइममा त्यो मान्दैन, रुन्छ भन्ने डर लाग्छ अनि चलाउन दिने गरेको छ ।’
हाल भेरीनगरपालिका ३ बस्दै आएकी कामना विकले पनि दुई वर्षको बच्चालाई खाना खुवाउने बेला मोबाइल देखाउनुपर्छ । कामनाले भनिन्, ‘ त्यति धेरै गाह्रो पनि होइन, त्यति धेरै सजिलो पनि होइन । खाना खाने बेलामाचाहिँ मोबाइल, गेम देखाउनुपर्छ ।’
हिजोआज गाउँ होस् यो शहर, मोबाइल बिना बालबालिकाले न खाना खान्छन् न गृहकार्य गर्छन् । मनो चिकित्सकहरुका अनुसार खाना खाँदा र खुवाउँदा गरिने अन्तरक्रिया, कथा सुनाउँदा बच्चाले गर्ने कल्पना कलिलो दिमागको वृद्धि विकासका लागि निकै सहयोगी हुन्छ ।
तर आजकाल टिभी र मोबाइल हेर्दै खाना खाँदा बच्चाहरुले न खानाको स्वाद थाहा पाउँछन् न वास्ना । मोबाइल, ल्यापटप, ट्याब्लेट जस्ता उपकरणहरुको अत्यधिक प्रयोगले बालबालिकाको खाने, सुत्ने र पढ्ने समय बिगारेको मात्रै छैन विभिन्न मानसिक समस्या समेत निम्त्याएको छ ।
मोबाइल, ल्यापटप, ट्याब्लेट जस्ता उपकरणहरुको अत्यधिक प्रयोगले बालबालिकाको खाने, सुत्ने र पढ्ने समय बिगारेको मात्रै छैन विभिन्न मानसिक समस्या समेत निम्त्याएको छ ।
ईन्टरनेटको प्रयोगले बालबिवाह
पछिल्लो समयमा बावुआमाले गरिदिने विवाहको अन्त्य भएपनि विभिन्न समाजिक सञ्जालको प्रयोगले बालविवाह बढेको पाइन्छ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं.२ का राजेन्द्र विक पढाईको सिलसिलमा सुर्खेतको छिन्चुमा छन् । उनले मोबाइल चलाउन थालेको झन्डै २ बर्ष भयो । फेसबुक बाट नैँ उनको गाउँकै माया विक संग विहे गरे ।
राजेन्द्रले भने, आज आएर थाहा भयो सानै उमेरमा विहे गर्नु राम्रो होइन तर फेसबुकले बालविवाह गर्न बाध्य बनायो । नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले जाजरकोटमा परम्परागत गरिने मागी विहे त अन्त्य भयो । तर सामाजिक सञ्जालले बालविवाह बढाएको छ । यो समस्या थपिदैँ गएको उनको भनाई छ ।
लागुऔषधको लत भन्दा जटिल ः जानकारहरु
पछिल्लो समय बालबालिका ईन्टरनेटको लत लागुऔषधको भन्दा जटिल बन्दै गएको छ । यो लागुऔषध भन्दा पनि जटिल बन्दै गएको जानकारहरु बताउँछन् । हिरोइन, कोकीन जस्ता लागू औषधका दुव्र्यसनीजस्तै जटिलता इन्टरनेट र उपकरणको लतले निम्त्याएको छ ।
इन्टरनेटको ज्यादा प्रयोगले बालबालिकाको सिकाइमा समेत असर परेको विभिन्न अध्ययनले देखाएको छ । नेपालमा इन्टरनेटको ज्यादा प्रयोगले बालबालिकाको मष्तिष्कमा कस्तो असर गरेको छ भनेर विशेष खालका अध्ययनहरु नभए पनि अन्य देशमा भएको अध्ययन हेर्दा र आफूकहाँ आउने बालबालिकालाई हेर्दा आफूले यस्तो पाएको उनीहरु बताउँछन् ।
१० देखि १८ वर्ष मुनिका बालबालिकामा गरिएको एक सर्वेक्षण अनुसार ७२ प्रतिशतले इन्टरनेटमा सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् । त्यो क्रममा प्रत्येक ४ जना बालिकामध्ये १ जना र ६ जना बालकमध्ये १ जना दुव्र्यवहारमा पर्ने गरेका छन् ।
इन्टरनेटको ज्यादा प्रयोगले बालबालिकाको सिकाइमा समेत असर परेको विभिन्न अध्ययनले देखाएको छ ।
साथीहरुसँग जम्मा भएर बालबालिकाले चौरमा खेल्ने विभिन्न खेलहरु हिजोआज हराइसकेको छ । बालबालिका घण्टौं मोबाइलमा गेम खेल्ने गर्छन् । बाहिर उज्यालो चौरमा उफ्रने, दौडने गर्दा शरीर चुस्त हुनुका साथै दिमाग पनि स्फुर्त हुन्छ । प्रत्येक दिन कम्तीमा एक घन्टा विभिन्न किसिमका कसरत र खेल बच्चाहरूको उच्चतम विकासका लागि अपरिहार्य मानिन्छ ।
इन्टरनेटले बालबालिकालाई नयाँ कुरा थाहा पाउन र गृहकार्य गर्न सघाउँछ । तर बालबालिकाहरूलाई दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु नहुने विज्ञहरु बताउँछन् । इन्टरनेट र विभिन्न उपकरणको अत्यधिक प्रयोगले बालबालिकालाई अभिभावक र साथीहरुबाट पनि विस्तारै टाढा बनाउँदै लगेको छ ।








