लिपस्टिक छनोट गर्दा

गलत प्रकारको लिपस्टिक प्रयोगले भएको सौन्दर्यसमेत खुलाउँदैन । त्यसैले आकर्षक लुक्स दिन महिलाले छालाको रङअनुसार सही रङको लिपस्टिक छनोट गर्नुपर्छ । आफ्नो छालाको रगत र रङ परीक्षण गरी त्यहीअनुसारको लिपस्टिक छनोट गर्नु आवश्यक छ । महिलाले ब्यागमा सधैँ लिपस्टिक बोक्दा राम्रो हुन्छ । कहिलेकाहीँ महत्वपूर्ण ठाउँमा पुग्नुपूर्व लिपस्टिक बिग्रिन सक्छ । यस्तो अवस्थामा ब्यागमा लिपस्टिक बोक्ने बानीले सहजता मिल्छ ।

तपाईं गोरो हुनुहुन्छ भने पिच या न्युड पिंक या हल्का बैजनी रङको सेडवाला लिपस्टिक प्रयोग गर्न सक्नुहुन्छ । तपाईं म्याट लिपस्टिक पनि लगाउन सक्नुहुन्छ । आँखामा हल्का मेकअपका साथमा ओठमा गहिरो रङको लिपस्टिकबाट आफूलाई बोल्ड देखाउन सक्नुहुन्छ ।

तपाईंको छालामा रगत गाढा देखिन्छ भने गहिरो सेड भएको लिपस्टिक छनोट गर्नुपर्छ । यसमा रातो, रानी रङको पनि प्रयोग गर्न सकिन्छ । लिपस्टिक लगाउँदा अनुहारको ब्राइटनेसमा विशेष ध्यान पुर्‍याउनुपर्छ । अर्थात्, लिपस्टिकपछि अनुहार चम्किलो देखियोस्, तर डल नदेखियोस् । यस्तो लिपस्टिक प्रयोग गर्दा हल्का हातले अनुहारमा थोरै बिबी क्रिम र फाउन्डेसन प्रयोग गर्न सक्नुहुन्छ । र, आँखामा गाजल लगाउनुस् । किनकि, ओठसँगै आँखाको मेकअपमा पनि ध्यान दिनुपर्छ ।

लिपस्टिक लगाउँदा अनुहारको ब्राइटनेसमा विशेष ध्यान पुर्‍याउनुपर्छ । अर्थात्, लिपस्टिकपछि अनुहार चम्किलो देखियोस्, तर डल नदेखियोस् ।

छालाको रङ न्युट्रल भएको अवस्थामा गहिरो गुलाबी या बैजनी रङको लिपस्टिक प्रयोग गर्दा निकै सुन्दर देखिन्छ । यस्तो छालामा सधैँ म्याट लिपस्टिक लगाउने प्रयास गर्नुस्, जसले सधैँ राम्रो लुक्स दिन भूमिका खेल्छ ।

गहुँगोरो रङको छाला छ भने सेयर ग्लास या मरुन रङको लिपस्टिक लगाउन सक्नुहुन्छ । यस्तो लिपस्टिकले तपाईंको अनुहारलाई खुलाउन सहयोग पु¥याउँछ । यस्तो अवस्थामा आँखामा स्मोकी लुक्स भएको मेकअप गर्नुपर्छ । न्युड लिप्सले पनि तपाईंको लुक्स फरक देखाउँछ ।

गुलाबी रङको सेडवाला लिपस्टिक अधिकांश मानिसले रुचाउँछन् । गोरो र मिडियम खालको छालामा हल्का गुलाबी या निओन गुलाबी सेडवाला लिपस्टिक राम्रो हुन्छ । गहुँगोरो रङका महिलालाई भने गहिरो या चम्किलो रङको लिपस्टिकले खुलाउँछ ।

रातो रङको लिपस्टिक प्रायः जसलाई पनि म्याच गर्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!