शिक्षकको लडेर मृत्यु

जाजरकोट ः बारेकोट गाउँपालिका – ३ बुढागाउँकी ३१ वर्षीय भगवती शाही सिंहको लडेर आज बेलुका मृत्यु भएको छ ।
बीरेन्द्र एश्वर्य मावि लिम्साका शिक्षक समेत रहीकी शाही सिंहको घर नजिकै घाँसे भिरबाट लडेर घाईते भएको अवस्थामा उपचारका लागि घाट स्थित मेडिकलमा ल्याएर उपचार गर्दा गदै ज्यान गएको बीरेन्द्र एश्वर्य माविका प्रचार्य गोरखबहादुर सिंहले जानकारी दिनुभयो ।
घाईतेको स्थानीय मेडिकलमा उपचार गरी भोली विहानै हेलिकोप्टरबाट मार्फत थप उपचारका लागि काठमाण्डौँ ल्याउने तयारी हुँदै गर्दा मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी) श्यामबहादुर खत्रीले बताउनुभयो ।








