पहिलो पटक पशुपति फोक्शुण्डो बुलेट राइड टोलीलाई जाजरकोटमा भव्य स्वागत

जाजरकोट । मनघरी फाउण्डेशन र नासा बुलेट क्लबको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौंको पशुपतिदेखि डोल्पाको फोकशुण्डो तालसम्म बुलेट बाइक र्‍यालीको टोली जाजरकोट पुगेको छ ।

कर्णालीको पर्यटन प्रबर्धन र भिजिट नेपाल २०२० लाई सफल बनाउन रोइलइफिल्ड मोटरसाइकल राइडरले काठमाडौं – फोक्शुण्डो यात्रा थालेका हुन् । यात्राको शुक्रबार बिहान पशुपति क्षेत्रबाट सुरु भएको थियो ।

कर्णालीको समृद्धिको आधार पर्यटन भएको भन्दै जाजरकोटमा उक्त टोलीलाई भेरी नगरपालिकाका उपनगरप्रमुख भावना भण्डारीको नेतृत्वमा भव्य स्वागत गरिएको छ । कर्णाका पर्यटकीय क्षेत्र पर्यटकको रोजाइमा नपरे विकासले गति कम हुँने भन्दै उपनगरप्रमुख भण्डारीले सो टोलीलाई भव्य स्वागत गर्नुभएको हो ।

काठमाडौंबाट हिँडेको राइडरको टोली पहिलो दिन दाङ, दोस्रो जाजारकोट पुगेको छ भने तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्ने छ । त्यसपछि टोली फोक्शुण्डाको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष परकास लिम्बुले बताउनुभयो ।

यात्रामा बाह्र वटा मोटरसाइकल रहेका छन् । नेपालको पर्यटन प्रबर्द्धनका लागि नासा क्लवले भर्खरै काठमाडौंबाट भारतको लद्दाकसम्मको बुलेट राइड गरेको थियो ।

यसअघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला बोर्डरसम्म पुगेको थियो ।

केन्द्रीय राजधानी र कर्णालीका पर्यटकीय गन्तब्य सडक सञ्जालले नजोडेसम्म कर्णालीको पर्यटनले गति लिन गाह्रो हुने भएकाले पशुपति फोकशुण्डोसम्म मोटरसाइकल यात्रा आयोजना गरेको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताउनुभयो ।

त्यस्ते उक्त टोलीलाई शुभकामना दिदै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विकास र पर्यटनमा यस्ता खालका भ्रमणले कर्णालीको विकासमा सहयोग पुग्ने बताउनुभयो । मन्त्रीको गृह जिल्लामा उहाँले सो टोलीलाई कुनै कुराको कमी हुँन नदिन अनुरोध पनि गर्नुभयो ।

नेपाल पत्रकार महासंघका निवर्तमान सचिव प्रभात चलाउनेलाई जाजरकोटको विकास र पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्ने विश्वास गर्नुभयो ।उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ , जाजरकोटका सचिव हेमन्त केसी , पर्यटन पत्रकार महासंघ केन्द्रीय सचिव दीपबहादुर घर्ती , पर्यटन पत्रकार महासंघका अध्यक्ष बद्री पन्त , सामाजिक अभियान्ता हजारी नेपाली लगायत अन्य पत्रकारको उपस्थिती रहेको टोलीले समेत स्वागत गरेका थिए । जाजरकोट पुगेको टोलीलाई भेरी नगरपालिकाले व्यवस्थापन गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!