घाँस काट्दै गर्दा लडेर घाईते खत्री उपचार लिदा ,लिदै मृत्यु

जाजरकोट , नलगाड नगररपालिका – ७ दल्लीका ४२ वर्षीय खम्व खत्रीको रुखबाट लडेर मृत्यु भएको छ ।
शनिबार बेलुका दल्ली प्रहरी चौकी अगाडी रुखमा घाँस काट्दै गर्दा लडेर गम्भिर घाईते भएका खत्रीको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लिदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय , जाजरकोटले जनाएको छ ।
दल्ली स्थित स्वास्थ्य संस्थामा उपचार नभएपछि उहाँलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याईएको थियो । गएराती नै उहाँको उपचार हुँन नपाउँदै मृत्यु भएको छ ।










