जाजरकोटका पत्रकारले कहाँ मनाए तिहार

जाजरकोट , जाजरकोटलाई मुख्य वेश बनाएर पत्रकारिता गदै आएका पत्रकारहरुले कसरी मनाए होलान् , तिहार ? सुरक्षा निकाय जतिकै काममा खट्ने , सधै जनताको सूचना र समाचारका लागि तत्पर रहने जाजरकोटका पत्रकारहरु तिहार कस्तो भयो होला , हामी चर्चा गदै छौँ ।

भीमबहादुर सिंह ( अध्यक्ष नेपाल पत्रकार महासंघ )
उहाँको जन्म घर कुशे गाउँपालिकाको पैँकमा भएपनि लामो समय देखि सदरमुकाममा वस्दै आउनु भएका पत्रकार महासंघ , जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले यो पटक पनि सदरमुकाममै टिका दिदी बैनीका हातबाट टिका लगाउनुभएको छ । उहाँले छोरा ,दाई र भाइको साथमा रहेको तस्वीर सामाजिक सञ्जालमा सार्वजानिक गर्नुभएको छ ।
राजेन्द्र कार्की ( नेपाल प्रेस यूनियान केन्द्रीय सदस्य)
उहाँले पुर्खेर्ली घर सदरमुकामको रिसागमा गएर दिदी ,बैनीका हातबाट टिका लगाउनुभएको छ ।
बीरबहादुर गिरी ( प्रेस संगठन नेपाल केन्द्रीय सदस्य )

उहाँले पनि जाजरकोट सदरमुकाममै टिका लगाएको पाईएको छ ।
बालकुमार शर्मा (रेडियो हाम्रो पाईला)
उहाँ बैनीको हातबाट टिका थाप्न कोहलपुरमा पुगेको जानकारी प्राप्त भएको छ ।
हेमन्त केसी ( प्रेस संगठन नेपाल )
उहाँले पनि बैनी लक्ष्मीको हातबाट टिका लगाएको तस्वीर सार्वजानिक भएको छ ।

सहदेव वस्नेत (गोरखापत्र)
उहाँले पनि दिदी वैनीको हातबाट सदरमुकाम स्थित कालेगाउँ घरमै टिका लगाएको तस्वीर सार्वजानिक भएको छ ।
सञ्जय केसी ( कारोवार , नेपालपोष्टखवर)
उहाँले पनि नलगाड नगरपालिका ८ स्थित घरमा दिदी भावना खत्री शाहीको हातबाट टिका थापेको तस्वीर सार्वजानिक भएको छ ।
जनक केसी ( नागरिक दैनिक )
उहाँले आफ्नै घर भेरी नगरपालिका ३ ठाँटीमा टिका थाप्नु भएको छ ।
दीपबहादुर घर्ती ( डिजिटल सञ्चार)
उहाँले यो पटकको तिहार पाँचकाटिया स्थित घरमा मनाएको बताउनुभयो । पत्रकार महासंघ , जाजरकोटका कोषाध्यक्ष समेत रहेका घर्ती सदरमुकामबाट नजिकै घर भएपनि घरमा तिहार बनाउनुको रौनकता अलक हुँने गरेको बताउँछन् ।









