प्रदेश सदस्यहरुबाट ः तिहार सँगै योजना अनुगमण

जाजरकोट , सङ्घीय सरकार र प्रदेश सरकारबाट जिल्लामा परेको योजनाको अनुगमण साथै घरदैलोमा भेटघाट गदै डोल्पाका प्रदेशसभा सदस्यहरुको दिन वितेको छ ।

राज्यले लगानी गरेपनि सन्तोषजनक प्रतिफल नआएको गुनासो बढेपछि प्रदेशसभा सदस्यहरु गाउँ , गाउँमा योजना अनुमणमा गएको प्रदेशसभा सदस्य बीरबहादुर शाहीले राससलाई जानकारी दिनुभयो । प्रदेश सरकारबाट स्थानीय तहस्तरमा दिइएका योजनाहरुको एक एक गरेर अनुगमन गर्दै मुड्केचुला पुगेर जन्म स्थान रिमी टिकाकै समयमा फर्केको प्रदेश सभा सदस्य शाहीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले दिएका त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउंपालिका र मुड्केचुला गाउंँपालिकामा निर्माण भएका र हँुदै गरेका योजनाहरुको अनुगमन गरिएको हो ।

अनुगमन गर्दा योजनाहरु सन्तोषजनक पाइएको प्रदेश सभा सदस्य शाहीले बताउनु भयो । उहांले भन्नुभयो , “प्रदेश सभा सदस्य आफू, बद्मी क्वारी वोहोरा, नेकपा डोल्पाका इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य हंशबहादुर शाही लगायतका व्यक्तिहरुले योजनाहरुको अनुगमन गरेको छौ । ”

त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाका पदाधिकारीहरुसंग स्थानीय तह आफैले गरेका, प्रदेशले दिएका र संघीय सरकारबाट आएका योजनाहरुको विकासको समिक्षा गरिएको छ । स्थानीय राजनीतिक दल सँग अन्तरक्रिया गदै बिभिन्न माध्यमबाट आएको वजेटबाट जनताले परिणाम खोजेकाले सोही अनुसार काम गर्न निर्देशन दिएको शाहीले जानकारी दिनुभयो ।

अनुगमण सँगै जनभेटघाट भएको र भोट दिएर विकास गर्लान भनी पठाएका माननीयले जनताका चाहाना अनि आवश्यकता कति पुरा गरे भन्ने कुराको मुल्याङ्कन समेत भएको बताएको छ ।

पार्टी एकताको कामलाई अझै अन्तिम रुप दिन नसकेको डोल्पामा स्थानीय स्तरमा उठेका केही असम्झारी हल गर्ने कार्य भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!