जाडो बढ्यो जोगिन के गर्ने ?

तिहार लगत्तै जाडो मौसम सुरु हुने भएकोले धेरैमा रुघाखो की लाग्ने, घाँटी दुख्ने, टन्सिल हुने तथा भाइरल ज्वरोले सताउने समस्या दे खा पर्छ। त्यसका अतिरिक्त जाडो मौसममा बाथरोग, दम, निमोनियाँ आदि रोगबाट पीडितहरूलाई पनि निकै कष्ट हुन्छ। बाथरोग विशेषज्ञ डा।श्वेता नकर्मीका अनुसार बाथरोगको समस्या जाडो मौसममा बल्झिन्छ।

जाडो याममा चिसोका कारण हाडजोर्नी बढी सुन्निने, अररो हुने तथा दुख्ने समस्या सिर्जना हुन्छ। यसैगरी यो मौसममा छातीको समस्या तथा भाइरल इन्फेक्सन वृद्धि हुन्छ भने बाथका बिरामीहरूमा पनि विभिन्न कारणले छातीको समस्या देखा पर्न सक्छ। बाथले फोक्सोमा असर गर्दा फोक्सोमा जाली पर्ने अथवा पानी जम्ने वा न्युमुनिटिस हुने हुन्छ। यसैगरी बाथमा प्रयोग हुने औषधीले रोग प्रतिरोधक क्षमता ९इम्युनिटी०मा कमी ल्याउने भएकाले चिसोको संक्रमण हुने सम्भावना हुन्छ।

जाडोको अर्को समस्याका रूपमा र्‍युनड फिनोमेनन पनि देखा पर्छ। यसमा चिसोमा हात अथवा खुट्टाका औंलाहरूको रंग परिर्वतन भएर सेतो, निलो वा पहेंलो हुन्छ। यो लक्षण गर्मीको तुलनामा जाडोमा बढी देखिन्छ र यसलाई नियन्त्रणमा नराखे औंलाको टुप्पोमा घाउ हुने र कुनै समयमा औंला नै मरेर जाने पनि हुन्छ। ध्यान दिनुपर्ने कुरा हातखुट्टाका जो र्नीका साथै पूरै शरीर लाई न्यानो राख्नुपर्छ ।

चिसो पानी धेरै चलाउनु हुँदैन। भाडा माझ्दा वा लुगा धुँदा र बरको पन्जा प्रयोग गर्नुपर्छ। र्‍यानुड भए हातलाई मनतातो पानीमा डुबाउने र न्यानो राख्ने। यस्तो अवस्थामा औंलामा घाउ हुन दिनु हुँदैन। हातखुट्टा र शरीरको छालालाई नरम राख्न मोस्चराइजर, ग्लिसिरिन तथा नरिवलको तेल प्रयोग गर्नुपर्छ। वार्षिक रूपमा इन्फ्लुएन्जाको भ्याक्सिन लगाउनुपर्छ । इन्फेक्सनबाट जोगिनुपर्छ र फोक्सो सम्बन्धी कुनै समस्या दे खिए तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ। नियमित रूपमा औषधी सेवन गर्नुपर्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!