चाडबाडमा सुन्दर देखिन यसरी गर्नु होस् मेकअप

चाडबाडको समय सुन्दर र स्मार्ट देखिनका लागि धेरैले मेकअपमा विशेष ध्यान दिन्छन् । त्यसैले तिहारमा कस्तो ड्रेसअप गर्ने र कस्तो मेकअप गर्ने भन्ने विषयमा पनि धेरैले चासो दिइरहेका हुन्छन् । राम्रो देखिने निहुँमा हेभी मेकअप गर्ने र छालालाई सुट नगर्ने मेकअपका सामान प्रयोग गर्ने गर्नुहुँदैन । यसो गर्दा उल्टै भद्दा देखिने, छालामा समस्या निम्तिने हुन सक्छ ।

तिहारको मौसमसँगै जाडो यामका पनि सुरुवाती भएकाले छाला अझै सेन्सेटिभ हुने गर्छ । यो समयमा छाला सुक्खा हुने भएकाले जे पायो त्यही सामान प्रयोगमा ल्याउनुहुँदैन । जाडो यामको समयमा ‘मोस्चराइजर’ गर्दा समेत ध्यान दिनुपर्छ । मेकअप गर्दा लामो समयसम्म्म टिक्ने गरी ‘मेकअप फिक्सर’ प्रयोग गर्नुपर्छ ।
तिहारको टीकामा प्रयोग गरिने सप्तरंगी रङले छालालाई असर पार्न सक्छ । त्यसैले रङ छान्दा यसको गुणस्तरलाई पनि ध्यान दिनुपर्छ । मेकअप सकेसम्म हलुका गर्नुपर्छ । आवश्यकताअनुसार स्किन भिटामिन, मोस्चराइजर र ब्यालेन्सिङ क्रिमको प्रयोग गर्नुपर्छ । जसले गर्दा अनुहार फुस्रो देखिँदैन ।
आकर्षक देखिन कपाललाई पनि राम्रो स्टाइल दिन सकिन्छ  । कपाल कसिलो बनाएर बाँध्नुहँुदैन, यसो गर्दा टुक्रिने डर हुन्छ  । कपाल खुला छाड्दा राम्रो हुन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!