ठुलीभेरीमा बालककाे शव फेला

डाेल्पा ८ कात्तिक । डाेल्पाकाे ठुलीभेरी नदीमा एक बालककाे शव फेला परेकाे छ । जुम्ला जिल्ला पातारासि गाउँपालिका ६ घरभई हाल ठुलीभेरी नगरपालिका ३ अन्तर्गत दुनैमा बस्दै अाएका १२ बर्षका विपिन महताराकाे शव भेटिएको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।
मृतक महताराकाे शव ठुलिभेरी नगरपालिका ९ मा पर्ने माेतिपुर अासपासमा भेटिएको प्रहरीले जनाएको हाे । उनी हराएको पाँच दिनपछि नदीमा मृतक फेला परेकाहुन् ।
दुनै बाेर्डिङ स्कुलमा अध्ययन गर्दै अाएका उनकाे थाेरै मानसिक सन्तुलन गुमेकाे बताइएको छ । मृतक महताराकाे शव पाेष्टमाडम भइसकेकाले अाज परिवारले बुझ्ने प्रहरीले जनाएको छ ।








