एक आपसमा माेटरसाइकिल ठाेकिदा एक जना घाइते

इन्द्र बुढाथोकी सल्यान । सल्यानकाे सल्लिवजारबाट बालुवासग्रहि तर्फ जाँदै गरेको भे ५ प ६६४५ र बालुवासँग्रही देखि सल्लिवजार अाउदै गरेको भे ५ प ९५६ नम्बरका मोटरसाइकल एक अापसमा ठाेकिदा एक जना गम्भीर घाइते भएकाे जनाइएको छ ।

घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का अन्दाजी वर्ष २१ का अम्मर वुढाकाे दाहिने खुट्टामा गम्भीर चाेट लागेकाे छ ।

अर्का मोटरसाइकल चालक बनगाड कुपिण्डे नगरपालिका वडा न ५ खैरागाराका अन्दाजी २० बर्षका रमेश खत्रीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेलाइ जनबन्धु पाेलिकिल्निक सल्लिवजारमा समान्य उपचार पछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ।





error: Content is protected !!