हिमचितुवाको संरक्षण चुनौतीपूर्ण : मन्त्री बस्नेत

नयाँदिल्ली । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिमचितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताएका छन् ।

भारतको नयाँदिल्लीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन (जिएसएलपी) को चौथो स्थायी समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले परिस्थितीय प्रणाली रक्षाका लागि हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको बताए ।

हिमचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभाव तथा मानव वन्यजन्तु द्वन्द्व सबैभन्दा चुनौतीका रूपमा देखा परेको उनले बताए । सरकार एक्लैको प्रयास सार्थक नहुने निस्कर्षसहित नेपालले हिम चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरूलाई एक हिस्सा बनाएको भन्दै उनले त्यो उपाय प्रभावकारी देखिएको अनुभव सुनाए ।

यस्तै, मन्त्री बस्नेतले हिमचितुवा संरक्षण र त्यस प्रजातिबारे अनुसन्धानका लागि नेपाल सरकारले हिमालयन अनुसन्धान केन्द्र स्थापनाको तयारी गरिरहेको जानकारी दिए ।

नेपालले १२ वटा संरक्षण क्षेत्रसमेत घोषणा गरिएको जानकारी गराए । हिमचितुवा संरक्षणबाट पारिस्थितिकीय प्रणालीको रक्षाका साथै पर्याय पर्यटन र हिमालहरूको संरक्षणमा समेत टेवा पुग्ने विश्वास छ । नेपालले स्थानीय समुदायका अतिरिक्त संरक्षणमा सक्रिय निजी क्षेत्र तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई अझै फराकिलो पार्न चाहेको मन्त्री बस्नेतले स्पष्ट पारे । उनले हिमचितुवाका अंगको अवैध निकासी रोक्न क्षेत्रीय संयन्त्र निर्माण गरिनुपर्ने प्रस्ताव राखे ।

मन्त्री बस्नेतले हिमचितुवासहित वन्यजन्तुबाट मारिएकाका परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गरिँदै आएको बताए । जलवायु परिवर्तनका कारण हिमालहरु पग्लने क्रम बढेकाले त्यसमा गम्भीर हुन पनि सबैलाई आग्रह गरे । नेपालले हिमचितुवाको सिकार, अवैध निकासी तथा अंगहरूको व्यापारमा कडाइ गरेको उल्लेख गरे ।

मन्त्री बस्नेतले नेपाललले आगामी सन्–२०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले नेपाल आउन पनि सहभागीहरुलाई निमन्त्रणा दिए । बैठकमा हिमचितुवा पाइने मुलुकहरू नेपालसहित चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान मंगोलिया र रुस लगायत देशका प्रतिनिधि सहभागी छन् ।

नेपालको पूर्वमा कञ्चनजंघा संरक्षण पाँच सयभन्दा बढी छ । क्षेत्रदेखि पश्चिममा अपिनम्पासम्म हिम चितुवा पाइन्छ । नेपालमा हाल हिमचितुवाको संख्या पाँच सयभन्दा बढी छ ।





error: Content is protected !!