शिवालय गाउँपालिकाद्धारा असी किलोमिटर सडक निर्माण

हेमन्त केसी
जाजरकोट ः शिवालय गाउँपालिकाले दुई वर्षमा सवै वडामा सडक निर्माण गरेको छ । आन्तरिक सवै सडक निर्माण सँगै यहाँका सवै वडामा सडक सञ्जाल पुगेको हो ।

करोडौ रकम खर्चेर गाउँपालिकाले सवै गाउँ , गाउँमा सडक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने शिबालय गाउँपालिका सडक सञ्जालले जोडिए सँगै यहाँका स्थानीयवासीहरु सहज रुपमा यात्रा गर्न पाएका छन् । कल्यान – चिउदा सडक , रिटापागा– चिउदुवा , वालुवा –वडाकाँडा सडक,मोर्क –आले ,भम्प –आले ,कल्यान –भिउस सडक ,वालुवा –सानीमेला सडक, अरेली –खन्नेटा र औरेली –काँटा सडक निर्माण भए सँगै यहाँका गाउँ , गाउँमा सडक पुगेको हो ।


वर्षायाममा भत्किएको सडक समेत गाउँपालिकाले मर्मत गरी यातायातका साधनहरु चल्ने गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । आन्तरिक सडक मात्र ८० किलोमिटर निर्माण गरी यातायात सञ्चालन गरिएको उहाँको भनाई छ । नुन र खाद्यान्न बोकेर सुसेली हाल्दै थाप्लोमा पसिना चुहाउदै दैनिक काम गर्ने यहाँका स्थानीयवासीहरु सडक निर्माण सँगै यातायातका साधनमा खाद्यान्न ढुवानी गर्न थालेका छन् ।

त्यस्तै नेपालगन्ज सुर्खेत हुँदै शिबालय जोड्ने मुख्य सकड सँग यहाँका आन्तरिक सडकहरु सजिलै जोडिदा सर्वसाधारण खुसी भएका हुँन् । शिवालय गाउँपालिका –१ स्यापीका धनबहादुर पुनले भन्नुभयो , “पहिले यही बाटोमा टाउँको खत पर्ने गरेर आफै भन्दा बढी भारी वोकेर हिड्थ्यौ , अहिले गाडीमा जान पाईने भएको छ , हामी खुसी छौ , छोरा ,नातीको पालमा झन कति रम्रो होला ? ’ सडक पुगेसँगै यहाँका सामुदायिक वन समुहमा वैज्ञापन वन व्यवस्थापनको काम समेत सुरु भएको छ ।

ठाउँ , ठाउँमा वजारीकरण हुँदा व्यापार समेत ह्वातै बढेको वडा नं १ अध्यक्ष मानबहादुर पुनले बताउनुभयो । यातायातका साधनहरु चले सँगै यहाँ उत्पादन भएका वस्तुहरु बाहिर निर्यात समेत हुँन थालेका छन् । अर्थ उर्पाजनका हिसावले स्थानीयवासीहरुमा राम्रो प्रभाव परेको प्रशासकीय अधिकृत धनिराम शर्माले बताउनुभयो । विकासको पहिलो आधार सडक निर्माण भन्दै काम थालेको गाउँपालिकाले अव सडकको स्तरउन्नतीमा ध्यान दिने शर्माको भनाई छ ।

सडक सञ्जाल गाउँ , गाउँमा पुगेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको दर समेत बढेको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिनुभयो । असुरक्षित रुपमा सुत्केरी भएर ज्यान गुमाउने उहाँका महिलाहरु र वर्षेनी औषधी अभाव हुँने यहाँका स्वास्थ्य संस्थामा सडक जोडिए सँगै सवै हल भएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

सडक नहुँदा भवण निर्माणका सामग्री खरिद गर्न र ढुवानी भाडा समेत निकै महंगो पर्ने गर्दथ्यो , अहिले पहिलेको भन्दा सस्तो पर्ने भएपछि सवै स्थानीयवासीहरु पक्की घर निर्माणमा जुटेको स्थानीय पुर्णसमिर महतराले बताउनुभयो । हामीले सडक मात्र खनेर हुँदैन् , स्थानीयवासीले सडकमा गुड्ने गाडीमा यहाँका स्थानीय उत्पादनहरु निर्यात गर्न सके शिबालय गाउँपालिकामा अर्थ आर्जनको लागि राम्रो प्रभाव पर्ने महताराको भनाई छ ।

केन्द्र सरकारको नीति अनुसार अव गाउँपालिकाका सवै सडक स्तरउननी र गाउँपालिकाको प्रशासकीय केन्द्र सम्म कालो्पत्रे गर्ने योजना तत्काल सुरु गर्ने उहाँको अध्यक्ष शाहीको भनाई छ । यहाँका आन्तरिक तथा मुख्य सडक ट्याक औपन सँगै जुनिचाँदे गाउँपालिकामा सडक विस्तार गर्नका लागि सहज भएको छ ।





error: Content is protected !!