विकास ः अनुशासन र आलोचना किन सहन नसक्ने ?


हेमन्त केसी
जनताको करबाट पालिएका कर्मचारी, जनप्रतिनिधी देखि विकास निर्माणको काम गर्ने उपभोक्ताले जनताले सोधेको हरेक प्रश्नको उतर बिना हिचकिचावट दिन जरुरी छ । चाहे त्यो प्रदेश, स्थानीय तह र संघ सरकार किन नहोस ?
जनताले जती खेर पनि जनअधिकार र जनचाँसो प्रयोग गर्न सक्छन् । विधीको शासन र मर्यादित संस्कारका लागि जनताले सोधेको कुरा प्रति शसंकित हुँनुहुदैन । विकास गर्ने मोडेल पनि बदल्न जरुरी छ । जवसम्म नजिक भनिएका र दुई कुरा गर्न जान्नेका, पछि लागेको आधारमा विकासको नमुना तयार हुन्छ, तवसम्म संमृद्धीको नारा हावामा वेलुन हराए झै नहोला भन्न सकिन्न, जनताको सेवा गर्ने भिनेर खटिएका राजनीतिक दल, जनप्रतिनिधीहरुले जनताको आवाज उठाए भन्दैमा बदलाको भावनाको विकास गर्नु हुँदैन, त्यसले दीर्घकालिन असर गर्छ । जवसम्म आलोचना सहन सकिन्न भने त्यो वातावरण तयार किन गर्ने यो सवैको प्रश्न हो । विकासमा भावनाले काम गदैन, त्यहाँ त कठोर एजेण्डा र वस्तुपरक योजना चाहिन्छ ।
निर्माणका लागि छनौछ गरिएका र कार्यन्वय भएका योजनाहरु दुई वर्ष टिक्दैन्न भने त्यो विकासले समाजवाद उन्मुख भनिएको बाटो पहिल्याउन सक्छ ? २० किलोमिटर बाटो बनाउन १० वर्ष लाग्ने हाम्रो विकासवादी मोडलले हामी अहिले अंगिकार गरेका लक्ष्यमा पुग्न सक्दैनौँ । वजेट आएर मात्र के गर्नु, सहि सदुपयोग नहुँनु अर्को ठुलो समस्य हो । जाजरकोट जिल्लामा पछिल्ला ५ वर्षमा हेर्ने हो भने, प्रयाप्त विकार बजेट आएको छ, त्यो सवै सडक, विद्युत, खानेपानी र सिंचाईमा बढी खर्च भएको देखिन्छ । ५ वर्षको वजेट हेर्दा सवै भन्दा बढी सडकमा लगानी भएको देखिन्छ ।
लगानी अनुसारका सडकहरु खनिएका त छन् तर, त्यहाँ यातायातका साधनहरु कति गुडे अनि जनताले कति यात्रा गर्न पाए भन्ने मुख्य विषय हो । नेता तथा जनप्रतिनीधिको अनुकुल परेको ठाउँमा डोजर चालकलाई ईन्जिनियर मानेर सडक लिन वितिकै विकास भन्न मिल्दैन् । विकास र लगानी दीगो भएन भने, जति वजेट आएपनि त्यो सवै वर्षेनी खन्ने अनि वर्षायाममा भत्काउने खेलमा मात्र सिमित हुँनेछ । विकासको नाममा दलिय भागवण्डा देखि जनप्रतिनिधीको गोजी भर्ने, त्यसमा कर्मचारीले अलि–अलि पाएपछि तै चुप–मैचुप भएमा त्यो विकास काले–काले मिलेर खाउ भाले भनेझै नहोला भन्न सकिन्न । विगत दुई वर्ष देखि पोल गाडेर विद्युत सेवा सुचारु हुँन नसकेको नलगाड नगरपालिका–८ हल्चौरमा केही मिडियामा समाचार आउन वितिकै वर्षाै देखि उपभोक्तामा वसेर राज चलाएकाहरु मानहानीको मुद्धा हाल्छु भन्दै जाजरकोट सदरमुकाम आएर पत्रकार धम्क्याउन पछि परेन्न ।
एउटा पत्रकारले दाई–भाई अनि मित हेर्ने कुरा होईन्, जनताको आवाज निकाल्ने कुरा हो । जनताले भनेको कुरा लेख्दा मानहानी हुँने भए कसका लागि राजनीति गरिदै आईएको छ । यस्तो जवाफ दिन पर्दैन ? कहिले श्रीमान्को पालो त कहिले श्रीमती पालो हुँदै छोरा–छोरीसम्म उपभोक्तामा राख्न बाँकी नराख्ने दलिय कार्यशैलीले न विकास हुन्छ । न त जनताको प्यारो बन्न सकिन्छ । समाचार आउन वितिकै १० हात उफ्रिनेले समयमै काम सम्पन्न गरी जनताको स्यावासी पाउनु पर्दैन ?
नाम अर्कैको हाल्ने, काम आफै गर्ने, रकम हाल्नै नमिल्ने ठाउँमा वजेट हालेर ठुला कुरा गरेपछि जनताले प्रश्न गर्छन की गदैन्न ? आलोचना सहने र जनताको कुरा सुन्ने संस्कारको विकास भएमा मात्र त्यो सवै भन्दा प्यारो नेता बन्न सक्छ । आलोचना सहन पनि नसक्ने तर, काम पनि राम्रो गर्न नसक्ने भए त्यो राजनीतिक प्राणी नै होईन् ।
समय एक दिन आफ्नो पक्षमा होला, सधै समयलाई आफुसँग गुमाउन कहाँ सकिएला र ? जिल्लाभरि एक शीर्षकमा वजेट छुट्याउने, पछि आफु अनुकुलकालाई दिनमा लागि रकमान्तर गर्ने परिपाटी व्यापक मौलाएको छ । उपभोक्ता समितिमा १ जना व्यक्ति वा राजनीतिज्ञ कति पटकसम्म वस्ने यसको पनि मापदण्ड बनाउन जरुरी छ । एकै ठाउँमा कति पटक विकास निर्माणको योजना हाल्ने र त्यसको दीगोपन कति हो ? आकलन गरेर मात्र वजेट विनियोजन गर्नु जरुरी छ ।
स्ट्रामेट अनुसार विकास निर्माणको काम नगर्ने तर, जनआवाज उठ्दा आलोचना सहन नसक्ने गजवको तरिकाले राजनीति हुँदैन् । जाजरकोट सदरमुकाम देखि पाँचकाटियासम्मको सडक निर्माण कार्य थालेको दर्शक भन्दा बढी समय भयो तर, लथालिङ्ग छ । सडकका विषयमा जति आलोचना भएपनि नेताहरु सहन्छन् र कामका लागि पटक–पटक प्रयास भएका छन् । त्यस्तै खलंगा–रिम्ना सडक, रिम्ना–दल्ली सडक, दल्ली–तल्लु सडकका बिषयमा व्यापाक अलोचना हुँने गरेको छ ।
यहाँ भएका आलोचालाई सकरात्मक रुपमा लिएर झन कामलाई विब्रता दिने कि ? समाचार आयो भन्दैमा मानहानी भयो भनि वकिल खोज्दै हिड्ने ? जव जनताले कुरा उठाउने समय नआउदै विकासवादी नेताले काम पुरा गरे आलोचना नै हुँदैन । बरु धन्यवादको माला लगाउने यिनै जनता र विकासको समाचार लेख्ने उनी पत्रकार हुँन् ।
नलगाड नगरपालिका–८ हल्चौरमै ५ पटक खानेपानीको योजना परिसक्यो तर, अझै खानेपानीको समस्या हल हुँदैन् । लाखैको योजनामा सिंचाईका लागि प्लास्ट्रिक पोखरी निर्माण गरिए । तर, सवै पोखरी कति मापदण्डमा थिए ? कति बन्नु पर्ने थियो ? कसैले कुरा उठायो ? अनि अहिले कति प्रयोगमा छन् ? यसको जवाफ कोसँग छ ? मुलाखोलाबाट ल्याइएको पानी, विद्यालय उपभोक्ता समिति बसेका कसले कति काम गरेको छ ? सवै हामीलाई थाहा नभएको होईन् । बरु चुप लागेर बसेको अवस्था हो । विकासका लागि सहकार्य, समझदारी अनि आत्मियता चाहिन्छ । अहिले लयमा भएका नेतालाई नै भोली जनप्रतिनिधी बन्नका लागि चुनावमा होमिने तपाई नेताज्यूलाई हामीले नै भोट हाल्ने वातावरण तयार गर्ने कि ? नगर्ने ? जिम्मा तपाईको ।








