जन्म दिनमा मन्दिर सरसफाई

 दैलेख ः दैलेख दुल्लु नगरपालिका ८ स्थित पुष्कर उपाध्यायले जन्म दिन को अबसर मा दैलेख जिल्लाको पर्यटनको आधारसिलता का रुपमा रहेको पन्चकोशी क्षेत्र मध्य पर्ने प्रमुख तिर्थ स्थल का रुपमा चिनिएको धुलेशोर मन्दिर परिशर को सरसफाइ गरेका छन् । प्राचीन काल मा सतिदेबी को मृत शरीरलाई शिवजिले बोकेर ले यो सारा पृथ्वी भ्रमण गर्ने क्रम मा सवै शरीर का अंगहरु अन्यठाँउमा झरी सके पछि अन्त मा बाकी रहेको धुलो यस मन्दिर मा खसेको कारणले यश मन्दिर को नाम धुलेशोर रहन गएको पुर्खा हरु को बुझाइछ । साविक दैलेख बडलम्जी गा बि स वडा न १ पर्ने यो मन्दिन बडलम्जी कै सिर बनेर बसेको छ। यस मन्दीर बाट चारै तिर सुन्दर डाडाकाडा देखिन्छन् ।यो मन्दिर शिव र पार्वती बहुमुल्य मुर्ती हरु पनि रहेका छन । यो मन्दिर भगवान शिव का लागि प्रसिद्ध मानिन्छ । यश मन्दिर को चारै तिर नेपालको रास्तृय फुल लालिगुरास पनि रहेको छ। यो मन्दिरको मुख्य मन्दिर बाट अझै पनि धुलो उढ्ने बताइन्छ । पर्यटनका लागि रमणीय ठाउँ हो धुलेशोर मन्दिर जुन मन्दिरको आज जन्म दिन को अबसरमा पुष्कर उपाध्याय ले गरेका छ्न ।पुष्कर उपाध्याय अनेरास्ववियुका नेता पनि हुन त्र उनी अहिलेले अध्ययन को शिलसिलामा बाँके बस्छ्न ।




सम्बन्धित समाचार


error: Content is protected !!