जिल्ला प्रहरी कार्यालय सल्यानकाे कम्पाण्ड भित्र भवन निर्माण गर्नका लागि जग खन्ने क्रम्मा ८६ वटा वम भेटिए

सुर्खेत , १९ वैशाख ः सल्यानको शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्यालयको कम्पाण्ड भित्र भवन निर्माण गर्नका लागि जग खन्ने क्रम्मा ८६ वटा बम भेटिएका छन् ।
जग खन्दा ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम फेला परेको प्रहरी नायक उपरिक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो । अहिले उक्त क्षेत्रमा केसीकै नेतृत्वमा १० जना सुरक्षाकर्मी सुरक्षाका लागि खटिएको छ । त्यस्तै सोही ठाउँमा उक्त ठाउँमा उत्खनन् गर्ने क्रममा थप ७ थान रेडियो वेभ, ५०० ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने २ केजी पाटपुर्जाहरू र १० मिटर फाइरिङ केबल पनि फेला पारिएको छ ।
बम डिस्पोजका लागि नेपाली सेनाको सिद्धीबक्स गण सल्यानसँग समन्वय पछि उप सेनानी कृष्णा क्षेत्रीको कमाण्डमा ६ जनाको टोली घटनास्थल पुगेको छ । बम डिस्पोजका लागि मध्यपश्चिम पृतना अन्तर्गतको नं. १९ बाहिनी तुलसिपुर दाङबाट बम डिस्पोजल टोली , काली भक्तीगण भैरहवाबाट सेनानी श्रीप्रसाद रामजालीको कमाण्डमा ६ जनाको इन्जिनियरको टोली र सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको कमाण्डमा १० जनाको टोली घटनास्थलमा रहेको छ ।










