पुर्खाको नाँसो ः खगेनकोट राज्यको थाकथलोको वृत चित्र निर्माण हुँदै

जाजरकोट ः पृथ्वीनारायण शाहले एकिकरण सँगै हराएका अधिकांश राज्यहरु मध्य खगेनकोटी राज्य पनि एक थियो । जुम्लाको सिंजा राज्य सँग विशेष सम्वन्ध रहेको खगेनकोटी राज्य एक एतिहासिक महत्व वोकेको ठाउँ हो ।
हाल हल्चौरमा वस्दै आएका र वफलगाउँमा वस्दै आएका न्यौपानेहरुले खगेनकोटी राज्यको विशेष सुरक्षा दसख राजकाज सम्म गरेको हल्चौरे खत्रीको वंश वृक्ष कितावमा उल्लेख छ । १८८८ मा जुम्ला सिंजा राज्यकी राजाकी छोरी सँग खगेनकोटी राजाले बिहे बारी गरेर सिंजाबाट दाईजो स्वरुप जयसर उपाध्यायलाई भान्से बाहुँनका रुपमा ल्याएर खगेनकोटी राज्यमा विशेष राजकाज चलाएको थियो ।
अहिले सोही ठाउँको वृत चित्र निर्माण कार्य भएको हुँदा खगेनकोटी राज्यको एक ईतिहास लेखन कार्य रुपमा स्थानीयले अथ्याएका छन् । पछेल्लो समयमा यहाँका यूवाहरु आफ्नो ठाउँको प्रचार गरी विश्व वजारमा चिनाउनकै लागि ध्यान केन्द्रीत गरेको स्थानीययूवा कर्ण शाहीले बताउनुभयो ।
हरेक दशै अवधी भर यहाँ विशेष पुजा , आजा देखि मौलो मान्ने विगत देखिको चलनलाई थप प्रभावकारी बनाउदै लगिएको छ ।हालका हल्चौरमा बस्ने सवै न्यौपाने खत्रीहरु जुम्ली रहेको र खगेनकोटमा हुने हरेक गतिविधीमा सहयोगी भएर सहकार्य गदै आएका छन् ।








