जगदुला हाईडा«ेपावरको मुआव्जा प्रक्रिया सुरु

हेमन्त केसी
डोल्पा , (रासस) लामो समयको प्रतिक्षा पछि डोल्पाको जलदुला हाईडो«पावर कम्पनीले मुआव्जा वितरणका लागि पहल थालेको छ ।

तोकिएको समय भित्र डिपिआरको काम पुरा नभएर ६ महिना थपि सावन २० भित्र प्रतिवेदन दिने सहमती कन्सलटेन्सी सँग आयोजनाले गरेको छ । उत्ता माघ भित्र प्रतिवेदन आउने पक्का भएपछि यता मुआव्जाको काम सुरु भएको कम्पनीका प्रमुख सञ्जय सापकोटाले बताउनुभयो ।

३०७ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भएपनि अहिले भौगलिक विकटता कारण १०६ मेघावाट मात्र विद्युत उत्पादन गर्न सकिने प्राविधिक टिमको सल्लाह अनुसार क्षमता घटाएर काम सुरु गरिएको उहाँले बताउनुभयो ।
एनए ईन्जिनेरिङ कन्सलटेन्सीले डिपिआरको जम्मा लिएको थियो ।

 

२० महिना भित्र निर्माण पुरा गर्ने भनि गरिएको सम्झौता अनुसार काम पुरा नभएपछि अहिले ६ महिना थपेर डिपिआरको कामलाई तिव्रता दिईएको छ ।

आयोजनाको विद्युत उत्पादन गृह मुडकेचुला गाउँपालिकाको – ४ ईलमा बन्ने छ भने जगदुला गाउँपालिकाको –१ र २ मा ड्याम निर्माण गरिने छ । पहिलो चरणमा २४० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । अर्धजलाशयको रुपमा निर्माण कार्य थालिएको आयोजना ६ वर्ष भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्य लिईएको छ ।

६.१ किलोमिटर भुमिगत सुरुङ निर्माण गरी ईल स्थित ३ सय मिटर भित्र रहेको विद्युत उत्पादन गृहमा खसालेर विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जगदुला गाउँपालिका– १ हुरीकोटमा २० मिटर उचाईको जलशय यूक्त ड्याम निर्माण हुँने छ भने उक्त ड्यामको १०० मिटर चौडाई रहेको प्रमुख सञ्जय सापकोटाले बताउनुभयो ।

६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ । ३ सय मिटर जमिन भित्र भुमिगत विद्युत उत्पादन गृह निर्माण गरी यहाँबाट उत्पादन भएको विद्युत सिधै जाजरकोट नलगाड नगरपालिका – ७ दानीपिपलमा रहेको ४०० केभी प्रशारण लाईनमा जोडिने लक्ष्य राखिएको छ ।

विद्युतको केन्द्रीय प्रशारणले जोडिन नसकेको डोल्पामा यो विद्युत आयोजना निर्माणका लागि विद्युत उत्पादन गृह मुड्केचुला गाउँपालिकाको ईल स्थित सेतीखोलाबाट २ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । त्यस्तै ड्याम स्थलमा काम गर्नका लागि जगदुला गाउँपालिका –१ हुरीकोटमा रहेको हुरीकोट खोलाबाट २ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका प्रमुख सञ्जय सापकोटाले जानकारी दिनुभयो ।

४ मेघावाट विद्युतबाट पनि काम गर्न विद्युत अभाव भएमा डिजेल पलान्टबाट विद्युत उत्पादन गरेर काम सुरु गरिने छ । तल्लो डोल्पामा पर्ने यो आयोजना निर्माण स्थल सम्म पुग्नका लागि जाजरकोट सदरमुकामबाट दुई दिन लाग्ने गर्दछ । जाजरकोट –डोल्पा सडक खण्डको त्रिवेणीबाट ५ घण्टामा विद्युत उत्पादन गृह सम्म पुग्न सकिन्छ ।

डोल्पाको भाग्य र भविश्य सँग जोडिएको आयोजना भएकाले यसलाई छिटो , छरितो निर्माणका लागि पहल कदमी जारी रहेको पुर्व शान्ति मन्त्री तथा डोल्पाकी सांसद सत्य पहाडीले जानकारी दिनुभयो । नलगाड जलविद्युत आयोजना र जलदुला जलविद्युत आयोजना निर्माण स्थल १ दिनको फरक दुरीमा छन् । विद्युत निर्माणका लागि कुनै कसुर बाँकी नराख्ने प्रदेशसभा सदस्य बीरबहादुर शाहीले जानकारी दिनुभयो ।

यि दुवै विद्युत आयोजना निर्माणका लागि केन्द्रीय विद्युतको (११ केभी) प्रशारण लाईन जाजरकोटबाट जोड्ने काम समेत सुरु भएको पहाडीले बताउनुभयो । भौगलिक रुपमा निकै जटिल भु बनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नु पर्ने छ । विद्युत उत्पादन गृह र ड्याम स्थल सम्मा मात्र अहिले जग्गा अधिग्रहणको काम सुरु भएको छ ।

जग्गा अधिग्रहण पछि यहाँको मुआव्जा कति दिने भन्ने प्रमुख जिल्ला अधिकारी मुकेश केसरीको संयोजकत्वमा बसेको वैठकले दररेट निर्धारण गर्ने छ । अत्यन्तै चिसो र सफा पानी रहेको यो आयोजना निर्माण कार्य सुरु भए सँगै जग्गाको भाउ बढेको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!