शुभकामना दिने र लिने क्रम जारी

जाजरकोट ः नेपालीहरुको महान पर्व वडादशैं, दिपावली र छठका अवसरमा जाजरकोटमा जनप्रतिनिधि र सर्वसाधारणका बीचमा शुभकामना आदान प्रदान गरिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहहरुले आफना आफना केन्द्रहरुमा विशेष कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गरेका हुन् । यसै क्रममा शुक्रवार भेरी नगरपालिकाले सदरमुकाम खलंगामा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नगरपालिकाले जनप्रतिधि, पत्रकार, सर्वसाधारण, कर्मचारी र अन्य सरोकारवालाहरुका विचमा शुभकामना आदान प्रदान गरेको हो । भेरी नगरपालिकाकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थिति सवैले एक मिनेट देखि आधा घन्टा सम्म बोल्न पाएका थिए । त्यस क्रममा बोल्ने सर्वसाधारण, जनप्रतिनिधि, कर्मचारी पत्रकारहरुले सवैलाइ शुभकामना दिदै समृद्ध जाजरकोटको निर्माणको यात्रामा सवैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

देश चलाउने नेता र कर्मचारी सवैले जनतामुखी भएर काम गर्नु पर्ने र जनताले पनि हरेक कुरामा सचेत भुमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ थियो । शुभकामना आदानप्रदान कार्यक्रममा सवै सहभागिहरुले उपस्थित सवैका विचमा दशैं तिहार र छठको अवसरमा साथी भाइ र आफन्तका साथै देश, समाज सस्कृति र जिल्लाको विकास र हितका वारेमा चिन्दा मिसिएको शुभकामना साटासाट गरेका थिए । कार्यक्रमा राष्टिय सभाका सदस्य भैरवसुन्दर श्रेष्ठ, कर्णाली प्रदेश सभाका साँसदहरु गणेशप्रसाद सिंह, कौसिलावती खत्री, नेकपा जाजरकोटका अध्यक्ष ढकवीर राना, नेपाली काँग्रेस जाजरकोटका सचिव भुमिलाल रोकाय, पुर्व साँसद गोविन्दविक्रम शाह, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त लगाएतले दशैं तिहार र छठको अवसरमा जिल्लावासीहरुलाइ शुभकामना दिदै सभ्य र भव्य तरीकाले शान्तिपुर्ण र एकताभावका साथ पर्व मनाउन आग्रह गरे । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले सवै नागरिक जनप्रतिनिधि र सरोकारवालाहरुले सकरात्मक सोचका साथ काम गर्ने दिनको सुरुवात गर्न सकनु पर्ने बताउनुभयो ।

उहाँले हामीले हाम्रो लागि भन्दा पनि आउने पुस्ताका लागि गतिलो सस्कृति, गतिलो प्रगति र गतिलो भविस्य निर्माण गरिदिन सके मात्र आफनो कर्तव्य पुरा भएको ठहरिने बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ता र सहभागिताहरुले सवैको सोच र चहाना सभ्य समाज र विकसित जाजरकोट निर्माण गर्ने भएकोले चाड पर्वका वेला सवैले धैर्यता संयमता अपनाउनु पर्ने कुरामा जोड दिए । यस्तै दशैं तिहारकै अवसरमा जिल्लाका छेडागाड नगरपालिका र नलगाड नगरपालिकाले पनि शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । छेडागाड नगरपालिकाले विहिवार र नलगाड नगरपालिकाले वुधवार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका हुन् ।




सम्बन्धित समाचार


error: Content is protected !!