सरकारले दुई वटा विवाह गर्नेलाई घरभाडा सहित भत्ता दिने ?

सरकारले दुई वटा विवाह गर्नेलाई पुरस्कार दिने भएको छ । सयुक्त अरव इमिरेट्स सरकारले दुई वटा विवाह गर्ने पुरुषलई अतिरिक्त घरभाडा सहित भत्ता दिने निणर्य गरेको हो ।
अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम ल्याएको हो ।यूएईका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।
अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता पनि प्रदान गरिनेछ ।एजेन्सी







