मुख्यमन्त्री शाहीकाे नाममा नक्कली फेसबुक अकाउन्ट खाेलिएकाेप्रति ध्यानाकर्षण

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाममा नक्कली फेसबुक खाता खोलिएको भन्दै मुख्यमन्त्रीको सचिवालयले ध्यानाकर्षण जनाएको छ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन ।

मुख्यमन्त्री शाहीको नाममा बनाइएको नक्कली खाताबाट अवाञ्छित क्रियाकलाप भइरहेको सचिवालयले जनाएको छ।

स्वकीय सचिवालयले नक्कली फेसबुक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानुनी कारबाहीकाे प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइसकिएकोे जनाएको छ ।





error: Content is protected !!