वडाध्यक्षको नाम र फोटो राखी नक्कली फेसवुक अकाउण्ट,तत्काल कारबाहीकाे माग

कालीबहादुर नेपाली जाजरकोट ।   जिल्लाको कुशेगाउँपालिका वडा नं.१ का वडा अध्यक्ष गोपाल बहादुर नेपालीको नाम र फोटो राखी नक्कली फेसवुक अकाउण्ट सञ्चालन गरिएको पाइएको छ ।

अकाउण्ट मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र कर्णाली प्रदेश सभाका सदस्य कौशिलावती खत्रीलाई गाली बेइजती गरिएपछि आफ्नो ध्यानाआकर्षण भएको वडा अध्यक्ष नेपालीले बताए ।

उनले भने, ‘यस अकाउण्ट मार्फत मेरो वेइजती गर्नका लागि कुनै व्यक्तिले चलाइरहेको छ ।’

यो विद्युतीय सञ्चार ऐन विपरित सवाल भएकोले मैले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छु ।’ प्रहरी कार्यालयको पनि ध्यानआकर्षण भई तत्काल अनुसन्धान गरि कानुन अनुसार कारबाही गर्न पनि म आग्रह गर्दछु । Gopal Nepali  नाम भएको नक्कली खाताबाट अवाञ्छित क्रियाकलाप भइरहेको उनको भनाई छ ।

 

नक्कली फेसबुक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइसकिएकोे अध्यक्ष नेपालीले जानकारी दिए ।





error: Content is protected !!