पुर्वधार विकास कार्यालयको उद्घाटन

जाजरकोट , जाजरकोट सदरमुकाममा आज पुर्वधार विकास कार्यालयको उदघाटन गरिएको छ । कर्णाली प्रदेश सरकारको मताहातमा रहेको पुर्वधार विकास कार्यालयको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले एक कार्यक्रममा बीच उद्घाटन गर्नुभयो । कर्णाली प्रदेश सरकारले आफ्ना कार्यालयहरु विस्तार गदै लिएको छ । कार्यालय विस्तार सँगै जिल्लावासीलाई सेवा लिन सजिलो भएको छ ।









