व्याडमिण्टन प्रतियोगिलाई परस्कार

जाजरकोट ः वडादशैंको अवसरमा जाजरकोटमा आयोजना गरिएको जिल्ला स्तरीय खुला पुरुष व्याडमिण्टन प्रतियोगिताको उपाधि खलंगाका युवाहरु राजु भडेल र प्रणाम भडेलले हात पारेका छन् । चेम्वर अफ कमर्स जाजरकोटको मुख्य आयोजना तथा निर्माण व्यावसायी संघ जाजरकोटको मुख्य प्रायोजन र डाँफे युवा क्लव जाजरकोटको सह आयोजनामा सदरमुकाम खलंगामा सन्चालित उक्त व्याडमिन्टन प्रतियोगितामा १७ वटा समुहलाइ पछि पार्दै राजु र प्रणामको जोडीले जित हात पारेको हो ।
यस्तै सोहि प्रतियोगितामा विश्वविक्रम शाह र निराजनविक्रम शाहीको जोडीले द्धितीय स्थान प्राप्त गरेको छ भने जाजरकोटका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्री र प्रहरी सहायक निरीक्षक मनिष गुरुङ तथा स्थानीय युवाहरु नारायण भडेल र साजन शाक्यका जोडीहरुले तृतीय स्थानको उपाधि हात पारेका छन् । प्रतियोगितामा जिल्लाका विभिन्न क्लव र समुहका १८ जोडीहरुले प्रतिष्पर्धा गरेको आयोजकका सदस्य निराजनविक्रम शाहीले जानकारी दिनुभयो । सदरमुकाम खलंगाको ठाँटीवजार स्थित खेल मैदानमा भएको उक्त व्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरुलाइ आइतवार विहान ठाँटीवजारमै एक विशेष कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा प्रमाण पत्र र मेडल प्रदान गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने राजु र प्रणामको जोडीलाइ नगद रु १० हजार ५, प्रमाणपत्र र मेडल, द्धितीय हुने निराजन र विश्वको जोडीलाइ रु ८ हजार ५ नगद, प्रमाणपत्र र मेडल तथा तृतीय हुने श्याम र मनिष तथा नारायण र शाजनको दुइ जोडीलाइ तीन तीन हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरियो ।
साथै उक्त प्रतियोगिता सन्चालन गर्नका लागि आर्थिक तथा अन्य सहयोग गर्ने डाँफे युवा क्लव, निर्माण व्यावसायी संघ, स्थानीय युवाहरु वुद्धिवहादुर खत्री, गोविन्दजंग शाह, कृष्णवहादुर मल्ल, अर्जुन पुन मगर, दिपक आचार्य, हरिवहादुर थापालाइ प्रशंसा पत्र र खादाले सम्मान गरिएको थियो ।





error: Content is protected !!