यात्रुको सहजताका लागि नागरिक र प्रहरी साझेदारी अभियान सुरु

जाजरकोट , १२ असोज (रासस) ः यात्रुहरुको सहज तथा सुरक्षित यात्राका लागि प्रहरीले आज जाजरकोट सदरमुकाममा नागरिक र प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ ।
जिल्लामा भित्रने र बाहिरीने यात्रुहरुले दुख नपाउँन भनि सहायता कक्ष स्थापना सँगै जाजरकोट प्रहरीले नागरिक र प्रहरी साझेदाी कार्यक्रम पनि सञ्चालन गरेको प्रमुख डिएस्पी श्यामबहादुर खत्रीले बताउनुभयो । जिल्लामा चल्नेमा यातायात व्यवसायी , चालक , सहचालक र स्थानीयवासीको उपस्थितीमा आज प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साझेदारी कार्यक्रमको उद्घाटन गर्नुभएको हो । चालकलाई फुलमालाले स्वागत गदै नागरिकको सेवा नै सवै भन्दा ठुलो कर्म भएको प्रजिअ पन्तले बताउनुभयो ।
केही दिन अघि मात्र दुर्घटनालाई न्यूनिकरण तथा जोखिमपुर्ण यात्रा बाट सर्वसाधारणलाई बचाउन टाईम कार्ड लागु गरेको जाजरकोट प्रहरीले आज सहायता कक्ष स्थापना गरी थप सक्रियता देखाएको छ । विद्यालय , विद्यालयमा लागु औषध देखि मानव बेचविखनको मुद्धालाई उठाएर नागरिक सचेतना समेत दिदै आएको प्रहरीले दैनिक नयाँ , नयाँ गतिविधी गरेर आम नागरिकको जनधनको क्षति हुँन नदिन लागि परेको हो ।

जिल्लाका सात बटा स्थानीय तह र सवै प्रहरी कार्यालयमा सुरक्षा निगरानी बढाएको छ । दशै ,तिहार जस्ता पर्वमा हुँने सक्ने सम्भावित जोखिमलाई न्यूनिकरण गरी नागरिक अधिकार सुरक्षित गर्न तिव्रताका साथ काम भईरहेको छ ।
जिल्ला सदरमुकाम स्थित शान्ति चौतारामा जथाभावी यातायातका साधनहरु राखेर नियम कुल्चिरहेका यातायात व्यवसायी सँग १४ वुद्धे सहमती गरेर जिल्ला प्रशासन कार्यालय , जाजरकोटले वस पार्क रहेको तल्लो थाप्लेमा यातायातका साधनहरु राख्ने कार्य सुरु भएको छ । यात्रुहरुमाथि कुनै पनि समस्य आएमा तुरुन्तै प्रहरी कहाँ सम्पर्क गर्न अनुरोध गरिएको छ ।
चालक अनुमती पत्र नभएर तर जथाभावी यातायातका साधन चलाउने माथी कडा कदम चाल्दै जिल्ला टा«फिक प्रहरीले यातायातमा सुधारको मार्ग प्रशस्त गरेको बताएको छ ।





error: Content is protected !!