बन्ने भो गिमा नमुना गाउँ

जाजरकोट ,  जाजरकोटको सवै भन्दा पुरानो र मुटु मानिने भेरी नगरपालिकाले यहाँको विकास एवं संमृद्धकिा लागि स्मार्ट सिटी भिलेजको कार्य सञ्चालन गर्न लागेको छ ।

जिल्लाको भेरी नगरपालिका –८ गिमा स्थित गाँउमा स्मार्ट सिटीको अवधारणा सहित काम सुरु गरिएको छ । जिल्लाको एक मात्र स्माटै सिटी भेरी नगरपालिकाले बनाउने अभियान सुरु गर्न थालेको हो ।

स्मार्ट सिटी बनाउन लागि नगरपालिका र सु आहारको सहकार्यमा यो अभिायन सुरु गर्न लागिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । स्मार्ट सिटीमा रुपमा रुपान्तरण गर्नका लागि गाँउका सवै घरमा एउटै रगं प्रयोग देखि घर घरमा पिउने पानी र शौचालय व्यवस्थीत ढंगवाट सञ्चालन गर्न लागिएको छ ।

कृषि क्षेत्रमा उल्लेख्य प्रगती गरेको गिमा गाउँमा त्यहाँ भएको व्यवसायीक तरकारी खेतीलाई अझै व्यवस्थीत गरी नयाँ तरिकाले सञ्चालन गरिने छ । यो अभियानलाई सघाउन बिभिन्न सङ्घ , संस्थाले सघाउने छन् । बालमैत्री गाउँ र स्मार्ट सिटीको अवधारणालाई सार्थकता दिनका लागि युद्धस्तरमा काम सञ्चालनका लागि काम सुरु भएको नगरप्रमुख घर्तीले बताउनुभयो ।


आज सो कार्यक्रमको उद्घाटन गदै गदै नगरप्रमुख घर्तीले भन्नुभयो , “यो भेरी नगरपालिकाको नमुना काम भएकोले सवैले यो अभियान सफल वनाउन सहयोग गर्नु पर्ने र आफु पनि लागि पर्ने छ , यो सवै गाउँले स्थानीयवासीको खुसी र संमृद्धीको कुरा हो , । ”
तरकारी उत्पादनका हिसावले यस क्षेत्र अत्यन्तै राम्रो मानिन्छ । बालमैत्री कार्यलाई अभियानका रुपमा सञ्चालन गरेको भेरी नगरपालिकाले गरे सवै सम्भव छ भन्दै स्थानीयवासीको सहयोग गरे सवै संमृद्धीका अभियान सफल हुँने बताएको छ ।





error: Content is protected !!