नेपाल युवा परिषद जाजरकोटद्धारा शिवालय मन्दिर सरसफाई

कालीबहादुर नेपाली जाजरकोट  । नेपाल यूवा परिषद जाजरकोट शाखाले विश्व पर्यटन दिवसको अवसरमा शिवालय मन्दिर सरसफाई गरेको छ ।

२०२० लाई सफल पार्न र पर्यटकिय स्थलको सरसफाई गर्न कार्यक्रमको आयोजक गरिएको यूवा परिषद जाजरकोट शाखाका अध्यक्ष प्रविन विकले जानकारी दिए ।

Image may contain: 25 people, including Tikaram Bantha, people smiling, crowd and outdoor

केन्द्रिय निर्णय अनुसार ७७ जिल्लाका १ सय भन्दा बढी पर्यटकीय स्थालहरुमा सरसफाइ गरि सधैं सफा राखौ धेरै पर्यटक पढाउ भन्ने मुल नाराका साथ युवाहरूको सहभागीमा शिवालय मन्दिर सरसफाइ गरिएको छ ।

Image may contain: 25 people, including Tikaram Bantha, people smiling, crowd and outdoor

 

भेरीनगरपालिका वडा नं. १ का वडाअध्यक्ष दिपक राणाको प्रमुख अतिथिमा भएको कार्यक्रममा युवा परिषद जाजरकोट, प्रहरी चौकी होलुज्युउँला शिव माद्यामिक विद्यालय कालेगाउँका शिक्षक तथा विद्यार्थीको उपस्थिती रहेको थियो ।





error: Content is protected !!