सामाजिक सञ्जालमा अनावश्यक टिप्पनी नगर्न ःमहासंघको आग्रह

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले आफ्ना पदाधिकारीलाई सामाजिक सञ्जालमा अनावश्यक टिप्पनी नगर्न आग्रह गरेको छ ।

शुक्रबार महासंघको नव निर्मित भवनमा आयोजना गरिएको वैठकमा यस्तो निर्णय गरेको हो । नेपाल पत्रकार जाजरकोट शाखाका पदाधिकारीले सामाजिक सञ्चालमा अनावश्यक टिप्पनी गर्दै हिडिरहेको र सकारात्मक भन्दा नकारात्क पक्षलाई पत्रकार साथीहरुले अंगाल्ने गरेकोले यसलाई रोक्न आवश्यक रहेको पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष भीमबहादुर सिहंले बताए ।

उनले भने, “जाजरकोटका साथीहरुमा अलि सामाजिक सञ्चालनमा अनावश्यक टिप्पनीहरु आएकोले यसलाई रोक्न सबैले ध्यान पुर्याउन हुन आग्रह गर्दछु ।” रचनात्मक रुपमा समन्वयन हुन आवश्यक रहेको बताए । अध्यक्ष सिहंको अध्यक्षतामा बसेको बाट निम्न बमोजिमका निर्णय गरेको पत्रकार महासंघ जाजरकोटका सचिव हेमन्त केसीले जानकारी दिए ।

१ ) पत्रकार दीलप्रसाद शर्माको बचाउका लागि अभियान सुरु ।

२) स्वागिय पत्रकार डिल्ली थापाको नाममा अक्षय कोष स्थापना गर्ने ।

३ ) नेपाल पत्रकार महासंघ , जाजरकोट शाखामा आवद्ध पेशाप्रति निष्कृया सदस्याहरुको सदस्यता नविकरण नगर्ने ।

४ )सामाजिक सञ्जालमा अनाआश्यक टिकाटिप्पणी नगर्ने ।

५) पत्रकारिताको व्यवसायीक मर्यादा र उत्तरदायित्वको बोधलाई अझ उचाईमा पुर्याउने ।

६ ) जिल्लाका सवै स्थानीय तहको विकास र संमृद्धी सँग हातेमालो गदै जाँने , रचनात्मक खवरदारी गर्ने ।





error: Content is protected !!