एम्वुलेन्स , एक्सरे खरावी आउँदा बिरामी मर्कामा

हेमन्त केसी
जाजरकोट ,  जाजरकोटको जिल्ला अस्पतालमा एम्वुलेन्स बिग्रिएको २ महिना वितेपनि मर्मत नहुँदा समस्य भएको छ ।
दैनिक विरामीलाई जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लिने गरिएको छ ।

गत असारमै बिग्रिएर नेपालगन्ज स्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो ।

दुई महिना भन्दा लामो समय सम्म एम्वुलेन्स खरावी आएर समाधान नभएपनि चिकित्सक र कर्मचारी हिड्ने गाडी भने निरन्तर चलिरहेको छ ।

दुई वर्ष तत्कालिन अस्पतालका अध्यक्ष महेन्द्र शाहले पाटीको कार्यक्रममा लिएर दुर्घटना परेको गाडी अहिले ल्याएर सञ्चालन आएको छ ।
अस्पताल जस्तो संमवेदनशिल ठाउँमा एम्वुलेन्स नै नहुँदा दैनिक विरामीले सास्ती भोग्नु परेको छ । एम्वुलेन्सको अभावमा विरामीहरु बोकेर , स्टेचरमा राखेर अस्पताल लिने र ल्याउने काम भएको स्थानीयवासीहरु बताउँछन् । त्यस्तै हप्ता दिन देखि जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको छ ।

चट्याङका कारण एक्सरे मेसिनमा समस्य आएपछि विरामीहरु एक्सरे गर्न पाएका छैन्न । मेसिन मर्मतका लागि प्राविधिक बोलाएको अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । अस्पतालमा कर्णाली प्रदेश सरकारले बजेट नपठाउँदा एम्वुलेन्स मर्मतमा समस्य आएको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय , आयूरवेद कार्यालय र अस्पताल एकै कार्यालयको रुपमा रुपान्तरण पछि अहिले मर्ज गर्ने कार्य सुरु भएको छ ।





error: Content is protected !!